समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक

समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक
सुन्नुहोस्

नुवाकोट : शैक्षिक सत्रको सुरुमा नै यसपटक विद्यार्थीले पाठ्यपुस्तक पाएका छन्। नुवाकोटमा यसपटक सात करोड रुपैयाँ बराबरको पाठ्यपुस्तक बिक्री भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ नुवाकोटले जनाएको छ। 

यसअघिका वर्षहरूमा पाठ्यपुस्तक समयमा नपुग्ने नुवाकोटमा यस वर्ष शैक्षिक सत्र सुरु भएकै समयमा पाठ्यपुस्तक आइपुगेको महासंघका नुवाकोट अध्यक्ष वासुदेव गजुरेलले बताए। उनका अनुसार नुवाकोटमा गत वर्ष भन्दा यस वर्ष समयमै पाठ्यपुस्तक आइपुगेपछि विद्यार्थी, अभिभावक तथा शिक्षकहरू निकै खुशी भएका छन्। 

नुवाकोटमा जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रको पाठ्यपुस्तक कारोबार हुने गर्दछ। जनक शिक्षाको पाठ्यपुस्तक नुवाकोटमा आठवटा अधिकृत बिक्रेताले बिक्री गर्दै आएका छन्। अन्यले उनीहरूसँगै खरिद गरेर पाठ्यपुस्तक बिक्रीका लागि लैजाने गरेका छन्। 

सरकारले समयभित्रै जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरेकाले यो वर्ष पुस्तक वितरण सहज भएको हो। विगत वर्षहरूमा विद्यार्थीहरूले अर्धवार्षिक परीक्षा आइसक्दा पनि पुरै विषयका पुस्तक नपाउँदा अधुरो पढाइमै परीक्षा दिँदै आएका थिए। विगत वर्षहरूमा विद्यार्थीले पुरै विषयका पुस्तक नपाएको र जनक शिक्षामा पनि पुस्तक अभाव हुँदै आएको थियो।

शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका अनुसार नुवाकोटमा चार सय ३९ वटा सामुदायिक विद्यालयहरू रहेका छन्। संस्थागत अर्थात निजीतर्फ भने ४६ वटा विद्यालय रहेका छन्। सामुदायिक र संस्थागततर्फ ७३ हजार चारसय १५ जना विद्यार्थी रहेको कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.