‘आइटी’ मा अब्बल बन्दै फेदीखोलाका विद्यार्थी

‘आइटी’ मा अब्बल बन्दै फेदीखोलाका विद्यार्थी

स्याङ्जा : फेदीखोला गाउँपालिकाका बिद्यार्थी सूचनाप्रबिधि (आईटी) का क्षेत्रमा अब्बल बन्दै गएका छन् । गाउँपालिकाले सूचना र प्रबिधिलाई माध्यमिक तहको पाठयक्रममा समावेश गरेपछि यहाँका बिद्यार्थीहरु नवप्रवर्तक क्षेत्रमा अगाडि देखिएका हुन् । 

फेदीखोला गाउँपालिकाद्धारा आयोजित सूचना प्रबिधि मेलामा यहाँ प्रतिस्पर्धामा रहेका बिद्यार्थीले आ–आफना बिद्यालयगत अब्बलता प्रदर्शन गरेका छन् । बिद्यार्थीले नयाँ प्रबिधिसँग आफूलाई अभ्यस्त बनाउनु अत्यन्तै उत्कृष्ट र लोभलाग्दो प्रगति रहेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए। 

प्रदर्शनीमा बिद्यार्थीले जोया एआई असिस्टेन्ट, नमूना बेवसाइड, स्मार्ट डस्टबिन, रिजल्ट म्यानेजमेन्ट सफ्टवेयर, स्मार्ट टोल गेट सिस्टम, रोबो कार, सोलार कार, फक्स होल रेडियो लगायतका प्रबिधि निर्माण गरी प्रतियोगितामा सहभागी भएका थिए । प्रतियोगितामा चण्डीडाँडा माध्यमिक विद्यालय प्रथम भएको छ । जोया एआई एसिस्टेन्ट सम्बन्धि नवप्रवर्तन गरेको बिद्यालय नगद २५ हजारसहित पुरस्कृत भएको छ । 

nullनमुना वेवसाइड निर्माण गरेको जनप्रिय माध्यमिक विद्यालय द्धितीय भएको छ । यस बिद्यालय २० हजार नगदसहित पुरस्कृत भयो । सेग्रेगेटेड वेट एण्ड ड्राई अरडुयूनो स्मार्ट डस्टविन निर्माण गरी प्रदर्शन गरेको सिद्धार्थ माध्यमिक विद्यालय तृतीय र रिजल्ट म्यानेजमेन्ट सफ्टवेयर  प्रदर्शन गरेको दामगाडे माध्यमिक विद्यालयले सान्तवना स्थान हासिल गरेको छ ।

उनीहरुले क्रमश : नगद १५ हजार र १० हजार पुरस्कार पाए ।  सूचना प्रबिधि मेलामा गाउँपालिकाभित्रका ९ सामुदायिक र एक संस्थागत बिद्यालयको सहभागिता रहेको र बिद्यार्थीले उत्कृष्ट प्रदर्शन गरेको मूल्यांकन समितिका संयोजक गण्डकी बोर्डिङ स्कुल कास्कीका कम्प्युटर विज्ञान शिक्षक नबराज अधिकारीले जानकारी गराए। 

nullगाउँपालिकाले शैक्षिक सत्र २०७५/०७६ देखि पालिकाभरका ‘सबै माध्यमिक बिद्यालयमा एक आइटी शिक्षक’ र ‘एक शिक्षक एक ल्यापटप’ उपलब्ध गराउँदै आएको अध्यक्ष सुवेदीले बताए । गाउँपालिकाभित्रका ९ वटा माध्यमिक तहका बिद्यालयमा आईटी शिक्षकद्धारा अध्यापन गराउने गरिएको छ। गाउँपालिकाले सबै बिद्यालयमा माध्यमिक तहको दरबन्दीमा ती शिक्षकलाई नियुक्तगरि अध्यापन गराउँदै आएको छ । 

बिद्यालय र गाउँपालिकाको २५ र ७५ प्रतिशत हिस्सा रहनेगरी आईटी शिक्षक नियुक्त गरिएका हुन् । फेदीखोला–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ पढाइ हुँदै आएकोे गाउँपालिकाले जनाएको छ । आजको आवश्यकता पहिचान गर्दै शैक्षिक वातावरण र योग्य शिक्षकद्धारा अध्ययन अध्यापन भएका कारण फेदीखोलाले आइटी क्षेत्रमा राम्रो दख्खल राखेको उपाध्यक्ष देउकुमारी गुरुङको भनाई छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.