शिक्षकलाई शिक्षामन्त्रीको सुझाव : राजनीति गर्ने भए मार्कर शैक्षिक संस्थामै छाड्नू

शिक्षकलाई शिक्षामन्त्रीको सुझाव : राजनीति गर्ने भए मार्कर शैक्षिक संस्थामै छाड्नू
फाइल फोटो
सुन्नुहोस्

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ननग्रेडेड विद्यार्थीका लागि तयारी कक्षा सुरु गर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पोखरेलले एसइईमा उत्तीर्ण हुन नसकेका विद्यार्थीहरुका लागि तयारी कक्षा वा कुनै कार्यक्रम नै ल्याउने बिषयमा मन्त्रालय प्रतिवद्ध रहेको बताएका हुन् । उनले शैक्षिक संस्थामा नितान्त पठनपाठनको वातावरण बनाउन राजनीतिमुक्त क्षेत्र बनाउन खोजिएको समेत बताए ।

कसैलाई पनि राजनीति गर्नबाट बञ्देज लगाउने उद्देश्य सरकारको नभएको भन्दै उनले राजनीति गर्ने भए मार्करलाई शैक्षिक संस्थामा नै छाड्नु पर्ने बताएका छन् । मन्त्री पोखरेलले विद्यार्थी नभएका वा निकै कम भएका विद्यालय मर्जर गर्नु अन्तिम बिकल्प भएकाले विद्यार्थी संख्या बढाएर भइरहेका विद्यालयहरुलाई नै कायम राख्न जोड दिइएको जानकारी दिए । बैठकमा समिति सदस्यहरुले सुकुमवासी बस्तीबाट विस्थापित  बालबालिकाको पठनपाठनकाका लागि तत्काल विशेष व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.