रास्वपा सभापति लामिछानेले गरे मतदान
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मतदान गरेका छन् । पाँच दिनदेखि जारी महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको पहिलो चरण निर्वाचनमा सहभागी हुँदै सभापति लामिछानेले मतदान गरेका हुन् । हिजो मध्यराति सुरु भएको मतदान अहिले पनि चलिरहेको छ ।
महाधिवेशनबाट लामिछाने सर्वसम्मत निर्वाचित भइरहेका छन् । रास्वपाले पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन गरेर दोस्रो चरणमा पदाधिकारीका लागि गर्दैछ । महाधिवेशनमा ढिलाइ भएको भन्दै प्रतिनिधिहरू आक्रोशित बनेका छन् ।
प्रतिक्रिया दिनुहोस !