संघीय निजामती सेवा विधेयक संशोधनको माग

निजामती सेवा दिवसमा जीतपुरसिमराका कर्मचारीको हातमा कालो पट्टी

निजामती सेवा दिवसमा जीतपुरसिमराका कर्मचारीको हातमा कालो पट्टी
फाइल तस्बिर।
सुन्नुहोस्

सिमरा :  जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारीले २०औं निजामती सेवा दिवसका दिन शुक्रबार हातमा कालो पट्टी बाँधेर काम गरेका छन् । निजामती सेवा विधेयकमा स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै उपमहानगरपालिकाका कर्मचारीले विरोधस्वरुप कालो पट्टी बाँधेर काम गरेका हुन् । 

प्रस्तावित निजामती सेवा विधेयकमा स्थानीय तहका कर्मचारीलाई निजामती सेवाको परिभाषामा नसमेटेको र सेवासुविधा तथा वृद्धि विकासको सुनिश्चितता नगरेको उल्लेख गर्दै बिहीबार विज्ञप्ति जारी गरेर दिवस नमनाउने निर्णय गरेका थिए । 

स्थानीय तहका कर्मचारीलाई विभेद गर्दै प्रस्ताव गरिएको निजामती सेवा विधेयक संशोधन नभएसम्म कुनै पनि दिवस नमनाउने कर्मचारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

जीतपुरसिमराका कर्मचारीले संघीय निजामती सेवा विधेयक नभइ एकीकृत निजामती सेवा ऐन ल्याउनपर्ने बताएका छन् । उनीहरूले सरकारलाई विधेयक संशोधन गर्न १४ बुँदै सुझाव समेत दिएका छन् ।

सरकारले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०’लाई संघीय संसदमा पेश गर्ने निर्णय गरिसकेको छ । तर, देशभरका स्थानीय तहका कर्मचारीले भने यसको विरोधमा उत्रिएका  छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.