प्रदीप गिरिको आश्रममा प्रधानमन्त्री दाहाल

प्रदीप गिरिको आश्रममा प्रधानमन्त्री दाहाल

सिरहा : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको सालिक शुक्रबार अनावरण गरेका छन्। स्वर्गीय गिरिको सालिक गिरिद्वारा स्थापना गरिएका लहान-१४ स्थित आश्रममा गरिएको छ। पूर्ण कदको मुर्ति स्थापना गरिएका छन्। 

सालिक अनावरणसँगै प्रदीप गिरि मेमोरियल ट्रष्टले प्रकाशनमा ल्याएका ‘मैले चिने-जाने-बुझेका प्रदीप गिरि’ नामक स्मृति ग्रन्थ पनि प्रधानमन्त्री दाहाल, अर्थ मन्त्री डा. प्रकाश शरण महत, पराराष्ट्र मन्त्री एनपी साउदलगायत अतिथिले लोकापर्ण गरेका छन्।

स्वर्गीय गिरिले स्थापना गरेका आश्रममा प्रधामन्त्रीबाट वृक्षारोपण पनि गराइएको छ। उनले सतिसालको विरुवा रोपेका थिए। प्रधानमन्त्री दाहालले गिरिको पुस्तकालय उनी पढेका वस्तीपुर स्कुल पनि निरीक्षण गरेको थियो।

प्रथम वार्षिकी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले गिरिको नाममा एउटा अस्पताल निर्माण गर्न बजेट विनियोजन गर्ने बताएका थिए। यहाँका सडक बनाउन पनि सहयोग गर्ने उनले बताएका थिए।  

क्यान्सरबाट पीडित गिरिको २०७९ भदौ ४ गते मृत्यु भएका थिए। तिथिअनुसार भदौ २२ गते प्रथम वार्षिकी सभा आयोजना गरी सालिक अनावरणदेखि वृक्षारोपणसम्मको कार्यक्रम गरिएको ट्रष्टकी अध्यक्ष भारती सिलवाल गिरिले जानकारी गराए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.