प्रधानमन्त्रीद्वारा मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा गौतम र पूर्वाञ्चलमा थपलिया नियुक्त

प्रधानमन्त्रीद्वारा मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा गौतम र पूर्वाञ्चलमा थपलिया नियुक्त
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुव कुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलियालाई नियुक्त गरेका हुन्।

विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिस्पर्धाका आधारमा प्रधानमन्त्रीले उनीहरूलाई नियुक्त गरेका हुन्। उनीहरूलाई सोही मेरिटोक्रेसी अनुसार नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। यसअघि उपकुलपतिका लागि ३-३ जनाको सिफारिस आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.