पाँच वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस् : प्रचण्ड

पाँच वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस् : प्रचण्ड
सुन्नुहोस्

विराटनगर : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ वर्षसम्म यही गठबन्धन चल्ने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले गठबन्धन टिक्ने कुरामा ढुक्क हुन आग्रह गरेका हुन्। ‘५ वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस्,’प्रचण्डले भने । 

उनी कोसी प्रदेशको राजधानी विराटनगरमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देशसभामा सहभागी हुन आएका हुन् । सभालाई मोर्चाका शीर्ष नेता र पूर्वप्रधानन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । तर, ब्यानर र प्रचार सामग्रीमा ‘कोसी’नाम उल्लेख नगरिकन प्रदेशस्तरीय सन्देशसभा मात्रै लेखिएपछि प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्री सहभागी हुने कार्यक्रम आलोचित बनेको छ। 

राजनीतिक विश्लेषक गिरिश भट्टराई प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री सहभागी हुने प्रदेशस्तरीय कार्यक्रमको ब्यानरमा प्रदेशको नाम नराख्नु संविधान नमान्नु सरह भएको बताउँछन्। ‘प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले नामकरण गरिसकेपछि त्यसलाई मान्दिन भनेजस्तो देखिन्छ। आखिर नामकरणमा त प्रधानमन्त्रीकै पार्टीले पनि मतदान गरेको हो नी,’ उनले भने, ‘असहमतिहरुलाई सम्बोधन गरेर अघि बढ्नुपर्नेमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री नै संविधान मान्दिन भन्ने तहमा देखिनु दुःखद् हो। जनताबाट तीव्र आलोचना र विरोध हुँदा पनि नेताहरुले सच्चिने प्रयत्न गरेको देखिँदैन।’ 

ब्यानरमा प्रदेशको नाम नै नराखिकन सन्देशसभा आयोजना गरिँदा प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीको राजनैतिक, नैतिक र कानुनी इमान्दारितामाथि प्रश्न उठेको भट्टराईले बताए। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.