साल्ट ट्रेडिङको ६ दशक, व्यवसायमा फड्को

साल्ट ट्रेडिङको ६ दशक, व्यवसायमा फड्को
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : साल्ट ट्रेडिङले नुन उत्पादनसँगै विविध क्षेत्रमा लगानीको दायरालाई बढाएको छ। छ दशकको इतिहास बोकेको कम्पनीले कारोबारमा विविधीकरण गरेको  र व्यावसायिक फड्को मार्न सफल भएको छ। 

कम्पनीले आम सर्वसाधारणलाई थोक मूल्यमा खाद्यान्नलगायतका वस्तु उपलब्ध गरिरहँदा बर्सेनि अर्बौंको व्यापार गर्न सफल भएको छ। कम्पनीले आर्थिक वर्ष २०७९/०८० मा मात्रै ८ अर्ब ७७ करोड ४४ लाख रुपैयाँबराबरको वस्तु बिक्री गरेको जनाएको छ। अघिल्लो आवमा भने कोभिडका कारण व्यवसाय प्रभावित हुदाँ ७ अर्ब १७ करोड रुपैयाँको मात्रै बिक्री गरेको थियो। अझै यसअघिका वर्षमा १० अर्ब रुपैयाँ हाराहारीमा बिक्री गरेको थियो।

नेपालमा नुन उत्पादन नहुने र भारत र चीनबाट आयातमा निर्भर हुनुपर्ने भएकाले सन् १९६३ मा आयोडिनयुक्त साझा नुन वितरणका लागि साल्ट ट्रेडिङ स्थापना भएको हो। देशभरका सबै नागरिकलाई नुन उपलब्ध गराउने उद्देश्यले निगमको स्थापना भएकोे थियो। कम्पनीले अत्यावश्यक दैनिक उपभोग्य वस्तुको उचित आपूर्ति र वितरण सुनिश्चित गर्न (नेपाल सरकारको ग्याजेटमा सूचीबद्ध), कालोबजारी हटाउन (बजार र कृत्रिम अभावलाई नियमन गर्न) र औद्योगिक विकासमा ठूलो योगदान पुर्‍याएको  छ। कम्पनीका मुलुकभरिका सबै प्रमुख सहरमा शाखा छन्। एसटीसीका पाँच उत्पादनमूलक कारखाना छन्। 

संस्थाले विभिन्न वस्तु तथा सेवाको व्यापार, आयात, निर्यात, उत्पादन, प्रशोधन, आपूर्ति र वितरणजस्ता कर्पोरेट गतिविधिमा संलग्न गरेको छ। खाद्यवस्तु, कृषि उत्पादन, निर्माण सामग्री, मेसिनरी तथा औजार, कागजका उत्पादन र अन्य वस्तुहरू व्यापार र व्यवसायका प्रमुख वस्तु हुन्।

 नुन बेच्न स्थापित साल्ट ट्रेडिङ

नेपालमा आफ्नै नुनको स्रोत छैन। पेट्रोलियम पदार्थ जस्तै नुन पनि शतप्रतिशत आयातमा आधारित वस्तु हो। यद्यपि केही वर्षअघि मुस्ताङको ‘छुछर’ क्षेत्रमा नुनिलो पानीलाई जम्मा गरेर बनाउने कार्य भएको थियो। तर त्यो  करिब ५४ क्विन्टल भएको रेकर्डमा आएको थियो।  नुनिलो पानी आउने मूल केही समयपछि बगाएर नष्ट भयो। यसैले अहिले शतप्रतिशत आयातमै भर परेको कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झा बताउँछन्। ‘केही मात्रामा तिब्बतबाट र अधिकांश भारतबाट आयात गरेर नेपालमा नुन खुवाइरहेका छौं।’ उनले भने।

साल्ट ट्रेडिङले २०३० देखि बिक्री गर्दै आएको नुन विशेष गरेर आम जनस्वास्थ्यलाई केन्द्रित गरेर ल्याएको हो। नेपालमा विशेष गरेर आयोडिन, आइरन र  भिटामिन एको कमी नहोस् भनेर आयोनुन ल्याइएको उनले बताए।  

व्यवसाय विविधीकरणको टर्निङ प्वाइन्ट 

नुनको मात्रै एकोहोरो कारोबार गरेर नहुने महसुस गरेपछि व्यवसायको विविधीकरणको सोच व्यवस्थापन समूहले बनायो। 

नुनसँगै अन्य अत्यावश्यक वस्तुको काम पनि गर्न जरुरी ठान्यो। परिणामस्वरूप पहिलो पटक २०२९ सालतिर हेटौंडामा खाद्य उद्योग लिमिटेडको नाममा मैदा मिलको स्थापना गर्‍यो। 

यसअघि नेपालमा मैदा मिल थिएन। भारतबाटै आयात गर्नुपथ्र्यो। नेपालमा उत्पादित गहुँ जति सबै भारत जान्थ्यो र पिसेर मैदाको रूपमा उल्टै नेपाल भित्रिन्थ्यो।

 मुलुकमै उद्योग भएपछि रोजगारी सिर्जना, किसानले आफ्नो उत्पादनको उचित मूल्य पाए र नेपालमै व्यापार हुँदा मूल्य कमसँगै विदेशी मुद्रा तिर्न नपर्दा सञ्चिति बच्यो। 

अहिले सो उद्योगले दैनिक १ सय २० टन मैदा उत्पादन गर्दछ।

शान्ति वनस्पति घिउको उत्पादन

नेपालकै पहिलो वनस्पती घिउ उद्योगको रूपमा करिब २०३३ सालतिर स्थापना भयो। सो घिउ शान्ति ब्रान्डको नाममा प्रचलित थियो। यसपछि क्रमशः उद्योगको स्थापनासँगै आफ्ना उत्पादनलाई विविधीकरण गर्न नुनसँगै चिनी, सिमेन्ट उत्पादनको कामसमेत थाल्यो। 

तत्कालीन समयमा साल्ट ट्रेडिङले गोरखकाली टायर, बुटवल धागो, नेसनल फाइनान्स जुन अहिले मर्जर, प्राप्तिपछि लक्ष्मी सनराइजमा, सगरमाथा लुम्बिनी इन्स्योरेन्सलगायतमा लगानी छ। साल्ट ट्रेडिङले लगानीको विविधीकरण गर्ने क्रममा जनतालाई आवश्यक परेअनुसार विभिन्न समयमा सरकारबाट निर्देशन प्राप्त भएको आधारमा काम पनि गर्दै आएको विभागीय प्रबन्धक झा बताउँछन्। 

गहुँको बिउ उत्पादन

साल्ट ट्रेडिङले २०६० सालदेखि गहुँको बिउ उत्पादन पनि गर्दै आएको छ। बारा, पर्सा, चितवन र परासीका किसानलाई खेती गराई सरकारबाट गहुँको प्रमाणीकरण गराइन्छ। उक्त चार जिल्लामा गहुँ उत्पादन राम्रो क्षेत्र मानिन्छ। किसानले लगाएको गहुँ खरिद गर्ने जिम्मा साल्ट ट्रेडिङले लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.