बर्दिया राजापुरको सरस्वती बाल प्राविका प्रअ अख्तियारको नियन्त्रणमा

बर्दिया राजापुरको सरस्वती बाल प्राविका प्रअ अख्तियारको नियन्त्रणमा
सुन्नुहोस्

गुलरिया : बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ७ भिम्मापुर स्थित श्रीसरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापकलाई अख्तियारले नियन्त्रणमा लिएको छ । 

घुस मागेको सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले लक्ष्मीदेवी उपाध्यायलाई नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनको लागि १४ हजार ५०० रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उपाध्यायलाई मंगलबार राजापुर नगरपालिका वडा नम्बर ४ स्थित सरस्वती भवन नजिकबाट नियन्त्रणमा लिई अनुसन्धान अघी बढाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.