ट्रकको ठक्करबाट असईको मृत्यु

ट्रकको ठक्करबाट असईको मृत्यु
सुन्नुहोस्

उदयपुर : ट्रकको ठक्करबाट उदयपुरमा एक प्रहरी सहायक निरीक्षक (असई)को ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय मातहतका इन्चार्जहरूको बैठकमा सहभागी भएर कार्यक्षेत्र फर्किने क्रममा चौदण्डीगढी नगरपालिका-९ ज्यामिरेमा ना४ख ८१६३ नम्बरको ट्रकले ठक्कर दिँदा ४५ वर्षीय श्रीकुमार बस्नेतको घटनास्थलमै ज्यान गएको हो।

इटहरी उपमहानगरपालिका-८ घर भयका बस्नेत सदरमुकाम गाईघाटबाट प्रदेश १-२-०५१ प ६४७८ नं को मोटरसाइकलबाट कार्यक्षेत्र बेलका नगरपालिका-२ भागलपुर फर्किँदै थिए। उनी प्रहरीचौकी भागलपुलमा कार्यरत रहेको डीएसपी हरिनन्दन चौधरिले बताए।

उनका अनुसार चालक र सवारीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.