हुकुम्बासीले सारा गाउँलेका जायजेथा हड्पेपछि... (भिडियोसहित)

हुकुम्बासीले सारा गाउँलेका जायजेथा हड्पेपछि... (भिडियोसहित)

बिजलपुरा (महोत्तरी) : महोत्तरीको बर्दिबासस्थित रातु खोलाको पश्चिम पट्टिको सडकबाट दक्षिणमा पर्छ बर्दिबास-थारु टोल-रौजा-जलेश्वर खडक खण्ड। यहाँबाट करिब २० किलो मिटर दक्षिण लागेपछि थारु टोल बनरा पुगिन्छ। सकडको वरिपरि फैलिएको छ थारुटोल बनरा। जहाँ १ सय ८७ घरपरिवार थारू, मुसहर, बाँतर, तत्मा, चमार र यादवहरूको थातथलो छ।

उनीहरूको बसोबास पाँच-६ पुस्ताको छ। तर, उनीहरूको बसोबास रहेको बस्ती भूमाफियाहरूले आफ्नो नाममा दर्ता गराएको भेटिएको छ। महोत्तरीको भंगहा-४ थारु टोल बनरा टोलबासीले घर बनाएको जग्गा र खेती गर्दै आएको झण्डै ४५ विघा जग्गा बाहिरका व्यक्तिहरुले आफ्नो नाममा लालपूर्जा बनाएको पीडितहरूले जनाएका छन्।

सुकुम्बासीको नाममा हुकुम्बासीहरुले आफ्नो नाममा परेको जग्गाको लालपूर्जा बदर गर्नु पर्ने माग राख्दै बस्तीबासी २५ वर्षदेखि आन्दोलित छन्। तर, सरकारले माग सम्बोधन गरेको छैन। दुई साता पीडितहरु सरकार गुहार्न काठमाडौंस्थित माइतीघर मण्डलामा आएका थिए। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनीहरुले छानविनका लागि समिति गठन गर्ने आश्वासन दिएका थिए। तर आश्वान कार्यानवयन भएको छैन। पीडितहरु फेरि सरकार गुहारन काठमाडौं आउने तयारीमा छन्।

सुकुम्बासी आयोगबाट २०५४ सालमा थारुटोल बनराको नापी भएको थियो। तर, आयोगका पदाधिकारी, कर्मचारी, नापी र मालपोतका कर्मचारी र राजनीतकर्मीहरुले चलखेल गरे । थारुटोललाई भूमाफिया नाममा दर्ता कायम गरेर लालपूर्जा बनाइदिए ।सुकुम्बासीको नाममा हुकुमबासीले जग्गा हडपेका हुन्। त्यस यतादेखि पीडित गाउँलेहरु गैरमान्छेको नाममा जारी गरिएको लालपूर्जा खारिजको माग गर्दै अढाई दशक देख आन्दोलन गर्दै आएका छन्। तर, न्याय पाउन सकिरहेका छैन। उल्टै बाहिरका मानिसहरु लालपूर्जा देखाउँदै बस्ती उठाउन आइरहेका छन्। पीडितहरूले सरकारसंग चार बुँदे माग राखेका छन्। गैरकानुनी रुपमा जारी गरिएको लालपूर्जा तुरुन्त खारिज गर्नु पर्ने, जग्गा हिनामिनाबारे उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्नु पर्ने, गरी दोषीलाई कारवाही गरिनु पर्ने र सुकुम्बासीलाई लालपूर्जा दिएर जग्गाधनी बनाउनु पर्ने उनीहरुको माग छ।

संघर्ष समितिकी अध्यक्ष रामसुनर देवी थारुका अनुसार थारु टोल बनरा गाउँमा  झण्डै २ सय घरधुरी छन्। १ हजार २ सय जनाको बसोबास रहेको बस्ती उठाउन खोजिदै छ। २०११ सालदेखिको थारुटोल बनरा गाउँमा बसोकास सुरु भएको थियो। 

बस्तीका ६५ रामधारी सिंह थारु ऋण पुस्तौदेखि थारु टोलमा बस्दै आएका छन्। तर, उनको बसोबास रहेको जग्गा अर्कैको नाममा छ। ‘हामीले २०२५ सालदेखि भोग्दै आएको जग्गामा घर छ । जोतकोर गर्दै आएको जग्गा खेतीपाती छ,’ उनले भने, ‘तर, २०५४ सालको सुकुम्बासी आयोगले नापी गर्दै हाम्रो जग्गा अरुको नाममा लालपूर्जा बनाइदियो । अहिले लालपूर्जा देखाउँदै हामीलाई घर उखेल्न बाहिरका मानिसहरु आउने गरेको छ।’  

थारु टोल बनरामा बसोबास नरहेको व्यक्तिहरुको नाममा कसरी पास भयो रु उनीहरु अच्चिमित  छन्।  त्यही जग्गा फिर्ता पाउनु पर्ने माग राख्दै रामधारी जस्ता सयौं पीडितहरुले आन्दोलित छन्। ‘जोतकोर जग्गाको फिर्ता होस् । हाम्रो जग्गा कब्जा गर्नेलाई कारवाही होस्,’ उनी भन्छन्, ‘ बस्तीमा बसोबास गरेको हामीसंग धेरै प्रमाणहरु छन्। बस्तीबाट ७ सय बढीले त मतदान गर्छ। बिजुली विल तिरेको बिल छ। खानेपानीको पाइप जडान रहेको प्रमाण छ। २०२५ सालदेखि खेतीपाती गर्दै आएका छौं । बजाबते हामीले अहिले धान, फलफूलका बोटहरु छन्। अनि कसरी अरुको नाममा हाम्रो जग्गा गग्यो। हामी अच्चमित छौं।’

बस्तीकी ६२ वर्षीया सावित्री सदा मुसहर थारुटोलमा बस्न थालेको चार पुस्ता भइसक्यो। हजुरबुबाको पालादेखि नै थातथलो बनेको बस्तीमा सावित्रीले वंश फैलाए। तर, उसनीहरुलाई भोग्दै आएको जग्गाको अंश दिन भने उनले सकेकी छैनन्। कारण, उनको आफ्नो नामम घडेरी नै छैन। ‘मेरो बुबा, हजुरबुबा सबै यहीँ बित्नुभयो। हामीले थाहा पाएदेखि नै यहीँ बसोबास गरिरहेका छौं। हामीले भोग गर्दै आएको जग्गा अहिले आएर अरुले आफ्नो नाममा परिसकेका छन्,’ उनले भनिन्, ‘ अहिले हामीलाई यहाँबाट भागाउन थालेको छ।  लालपुर्जा देखाएर बाहिरका मान्छेले तर्साइरहेका छन्।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.