जंगली हात्तीद्वारा धानबाली नोक्सान

जंगली हात्तीद्वारा धानबाली नोक्सान
धर्मबस्तीमा हात्तीले नोक्सान गरेको धानबाली। तस्बिर : यादव आचार्य।
सुन्नुहोस्

गुलरिया : बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ९ स्थित धर्मबस्तीमा हात्तीले धानबाली कुल्चेर सोत्तर पारेको छ। मध्य रातमा आएका जंगली हात्तीको झुण्डले पसाउन लागेको धान खाँदै कुल्चिंदै गरेपछि नोक्सानी भएको छ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बलको विओपी रहेको पूर्वतर्फ जंगली हात्तीले ५ देखि १० विगाहा क्षेत्रफलमा रहेको पसाउन लागेको धानबाली नोक्सानी गरिदिएको पीडित स्थानीय विवश सिग्देलले बताए। धानको सिजन भएकोले अचेल गाउँमा जंगली हात्ती आउने क्रम बढेको छ। हात्तीले नोक्सान गर्दा किसानले गरेको वर्ष भरीको मेहनत खेर गएको र उत्पादन ह्रास हुनेमा स्थानीय कृषक चिन्तित छन्।

सरकारले हात्तीबाट नोक्सानी ब्यहोरेका किसानहरुलाई राहत, क्षतीपूर्ति केही पनि नदिएको उनको गुनासो छ। यतिखेर बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविकमार्ग क्षेत्रमा ठूलो संख्यामा जंगली हात्तीको झुण्ड डुलिरहेको छ। धान नभित्र्याउञ्जेलसम्म हात्तीले स्थानीय किसानको धेरै अन्नबाली नोक्सान गर्ने भएकाले समस्या समाधान गरिदिन सिग्देलले अनुरोध गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.