‘माइक्रो म्यानेजमेन्टले लगानीकर्ता हच्किए’

‘माइक्रो म्यानेजमेन्टले लगानीकर्ता हच्किए’
सुन्नुहोस्

काठमाडौं : नेपाल राष्ट्र बैंकले सूक्ष्म तह (माइक्रो म्यानेजमेन्ट)मा कस्न खोज्दा लगानीकर्ता हच्किएको र अर्कोतर्फ बढी नकारात्मक प्रचारले व्यवसायीको आत्मविश्वास खस्केकोे अर्थमन्त्री डा. प्रकाशशरण महतले औंल्याएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को कार्यसमितिसँगको अन्तरक्रियाका क्रममा अर्थमन्त्री डा. महतले यस्तो सुनाएका हुन्।

निजी क्षेत्रको छलफलमा अर्थमन्त्री डा. महतले जहाँ समस्या छ, त्यसको सम्बोधनमा ध्यान दिउँ तर नकारात्मक प्रचार नगरौं भनेर आग्रह गरेको उनले जनाए। यसैक्रममा उनले अर्थतन्त्र चलायमान बनाउन आत्मविश्वास बढाउन जरुरी रहेको बताए। अहिले लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेको भन्दै यसमा राष्ट्र बैंकले लिने नीतिको ठूलो भूमिका रहने बताए। उनले सबै सरोकारवाला निकायले जिम्मेवारी पूरा गर्दा विद्यमान समस्याबाट माथि उठ्न समय नलाग्ने उनको भनाइ छ।

अहिले रेमिट्यान्स बढेको भए पनि पुँजीबजार तथा घरजग्गामा समेत लगानी आउन नसक्नुको कारण लगानीकर्तामा रहेको हिच्किचावट रहेको उनले उल्लेख गरे। ‘बाहिर जसरी प्रचार भइरहेको छ, त्यसले लगानीकर्तामा हिच्कचावट देखिन्छ, द्विविधा देखिन्छ, यसबाट लगानी आउन नसकेको हो,’ उनले भने। विगतमा लिएका लचिला नीतिका कारण अधिक र अनुत्पादक क्षेत्रमा प्रवाह भएको कर्जा अहिले समस्यामा परेको भन्दै उनले यो अवस्था आउनुमा लिने मात्र दोषी नभएर दिनेसमेत हुने बताए।

राजस्वमा देखिएका समस्याबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने तयारी रहेको जानकारी दिँदै उनले बजेट व्यवस्थापनका लागि समेत कार्यविधि बनिरहेको बताए।

‘युवालाई नेपालमा अवसर नै छैन भन्ने भाष्य बनाइयो’

अर्थमन्त्री डा. महतले नेपालबाट प्लस टु पास गरेर ठूलो संख्यामा विद्यार्थी बिदेसिनु सुखद ट्रेन्ड नभएको बताए। नेपालमा अवसर नै छैन भन्ने भाष्य बनाएर यसरी युवा बिदेसिने गरेको प्रवृत्तितर्फ इंगित गर्दै नेपालमा कहाँ अवसर जुटाउन सकिन्छ भनेर अनुसन्धान नै नगर्ने परिपाटी गलत भएको बताए। ‘जुन देशमा गर्न धेरै बाँकी छ, अवसर सोही देशमा हुन्छ,’ उनले भने, ‘प्लस टु पनि नगरी विदेश जाँदैमा भविष्य उज्ज्वल हुन्छ भन्ने ग्यारेन्टी के छ र ?’ 

सुधारको सन्दर्भमा घोषणाभन्दा कार्यान्वयनमा धेरै समस्या रहेको उनले बताए। त्यसले अड्चन सिर्जना गर्ने र राजनीतिक क्षेत्रबाट समेत दबाब आउने उनको अनुभव छ। छलफलमा सेजनका अध्यक्ष सुजन ओलीले अर्थतन्त्रको संरचनात्मक सुधारमा अर्थमन्त्रीले चालेको कदमको स्वागत गर्दै यो चुनौती पार गर्न सेजनको साथ रहने जानकारी गराए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.