‘सडक दुर्घटनाका कारण नेपालीको मृत्यु’

‘सडक दुर्घटनाका कारण नेपालीको मृत्यु’
सुन्नुहोस्

साउदी : नेपाली दूतावास साउदी अरेबियाले नेपाली कामदारको मृत्युको कारण प्राकृतिक, सडक दुर्घटना र आत्महत्या भएको जनाएको छ। नेपाली दूतावास र एनआरएनआरसीसी रियादको सहकार्यमा आयोजित ‘श्रमिक समस्या समाधानमा नेपाली दूतावास नेपाली सामुदायिक भूमिका’ विषयक अन्तरक्रियामा नेपालीको मृत्युको कारण बताइएको हो। 

दूतावासले वैदेशिक रोजगारको क्रममा साउदी आइपुगेका ३८ नेपालीको मृत्यु भएको जनाएको छ।  दूतावासले साउन १ देखि भदौ १० सम्ममा भएको नेपाली कामदार मृत्युको संख्या जानकारी दिएको हो। कार्यक्रममा श्रमसहचारी देवेन्द्र कार्कीले  वैदेशिक रोजगारको क्रममा साउदीमा चार लाख नेपाली रहेकामा महिला ४ हजार  १ सय ७९, भिजिट भिसामा १ हजार ९ सय २४, घरेलु कामदार २ हजार ७ सय ९४, गैरकानुनी रूपमा रहेका ११ हजार १ सय ३६, विभिन्न केसमा जरिबाना लागेका १ सय ७७ तथा जेलमा ४ सय ७० जना रहेको बताए।

रोजगारको क्रममा साउदीमा नेपालीको तीन तहको पेसा रहेको पाइएको छ। पहिलो उच्च पेसाअन्तर्गत जनरल कामदार, ट्रक ड्राइभर, लोडिङ अनलोडिङ, क्लिनर, कन्ट्रक्सनमा कार्यरत छन्। दोस्रो मध्यम पेसामा स्काभफोल्ट, मासोन, कुक, एग्रिकल्चर, रेस्टुरेन्ट आदिमा छन्। तेस्रो न्यून पेसामा डाक्टर, नर्स, इन्जिनियर, क्वालिटी कन्टोलर, एकाउन्टेन, अफिस सेन्टर आदिमा कार्यरत पाइन्छ। साउदीमा कार्यरत नेपाली कामदारमाथि विभिन्न समस्याहरू देखा पर्न थालेका छन्। यसमा कफाला प्रणाली, कफिलमैत्री कानुन, निरक्षर श्रमिक, अध्यावधिक परनिर्भरता, अत्यधिक महŒवाकांक्षा, करार सम्झौता, सामाजिक तथा कानुनको अज्ञानता, कफिल असहिष्णुता र घमण्ड आदि रहेको देखिन्छ। 

हाल साउदीमा श्रमिक समस्याहरू बढ्ने क्रममा रहेको छ। दूतावासका अनुसार अलपत्र परेका श्रमिकको अपेक्षा धेरै रहेको अवस्था देखिन्छ। जस्ता कि उद्धारका लागि दूतावास तत्काल आओस्, सेवा सुविधा ग्यारेन्टी देओस्, सम्बन्धित रोजगार कम्पनी वा कफिललाई समातियोस्, तुरुन्त नेपाल पठाइयोस्, खान बस्न पकेट खर्च दूतावासले व्यवस्था गरिदिओस्, सजाय, जरिबाना, सुनुवाइ, श्रमिक क्युबा, अब्सिर, अनलाइनबाटै गरिदिओस् भन्ने पाइन्छ। हाल दूतावासका कर्मचारी एक बराबर ४८ हजार नेपाली कामदारको रेखदेख गर्नुपर्ने स्थिति छ।

अन्तरक्रिया कार्यक्रममा दूतावासका द्वितीय सचिव टीकाराम उपाध्यायले साउदीमा कार्यरत नेपाली कामदारको मृत्यु संख्या बढ्दो रहेकोले यसलाई समाधान गर्न खानपिन र स्वास्थ्य सुरक्षामा जोड दिन आग्रह गरे। राजदूत नवराज सुवेदीले नेपाली कामदारको समस्या समाधानका लागि अवस्था परिवर्तन हुन जरुरी रहेको बताए। उनले समस्याका बारेमा विषयकेन्द्रित, औपचारिक र सन्देशमूलक कार्यक्रम हुनुपर्ने र दूतावासले यस्ता कार्यक्रम साउदीको विभिन्न सहरमा गर्दै जाने बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.