भलिबलमा स्याङ्जा विजयी

भलिबलमा स्याङ्जा विजयी
सुन्नुहोस्

साउदी : स्याङ्जा समाज साउदी अरेबियाले एक लाख नेपाली रुपैयाँ जितेको छ। साउदीमा वैदेशिक रोजगारीमा गएका नोभा रिसोर्ट कम्पनीमा कार्यरत नेपालीले तीजको अवसर पारी भलिबल कार्यक्रम आयोजना गरेको थियो।  

जसअन्तर्गत स्याङ्जा समाज साउदी प्रथम भई एक लाख पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र, जितेको छ भने विजेता खेलाडीलाई थप हौसला स्वरूप संस्थाका सल्लाहकार बासु सापकोटाले प्रत्येक खेलाडीलाई ७ हजार रुपैयाँ गरी ६१ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए। 

खेलमा आयोजक टिम नोफा भलिबल क्लब-ए लाई सोझो ३ सेट मा पराजित गर्दै उपाधि जितेको हो। तेस्रो स्थान को लागि हुनु पर्ने खेल दमाम साम्रानी टिमले वाक वोभर दिएपछि अल फनार भलिबल टिम तेस्रो घोषित भएका थियो। प्रतियोगितामा कुल १० टिमको सहभागिता थियो।

प्रतियोगितामा उपविजेता टिमले ५१ हजार रुपैयाँ पुरस्कार राशी, शिल्ड, मेडल र प्रमाणपत्र,तेस्रो हुने टिमले  १७ हजार रुपैयाँ पुरस्कार राशी, शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो भने हरितालिका तिजका अवसरमा २०१४ देखि भलिबल प्रतियोगिता आयोजना हुँदै आएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.