अपराध अनुसन्धान र नियन्त्रणमा प्रविधिको प्रयोग आवश्यक : एसपी थापा

अपराध अनुसन्धान र नियन्त्रणमा प्रविधिको प्रयोग आवश्यक : एसपी थापा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

उदयपुर : जिल्ला प्रहरी कार्यालय उदयपुरले अपराध न्युनिकरणका लागि प्रविधिको प्रयोग र सचेतनामूलक कार्यक्रम अघि सारेको छ ।  एक साताअघि उदयपुर प्रहरी प्रमुखको कार्यभार सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले आइतबार पत्रकारसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अपराधजन्य गतिविधिमा प्रविधिको प्रयोग गरी अनुसन्धान गरिने बताए।

उनले प्रहरीका कामकारबाही,संगठन शुद्धिकरण र सबैखाले अपराध न्युनिकरणका लागि नयाँ प्रविधि मोबाइल एप्स र क्युआर कोड प्रयोगमा ल्याइएको बताए । मोबाइल एप्समा विशेषगरी तत्काल प्रहरी परिचालन हुनेगरी सबैखाले घटना विवरणको सूचनाहरू संकलन हुनेछन् ।

त्यसैगरी क्युआर कोडमा जिल्लाभरीका सबै युनिटबाट सम्पादन भएका कामकारबाहीका विषयमा सेवाग्राहीमार्फत् अभिलेख तयार गर्ने र प्राप्त सुझावका आधारमा सहजीकरण गरिने एसपी थापाले बताए ।

‘प्रहरीबाट भएका कारबाही चित्तबुझ्दो र कानुन सम्बद भए नभएको,कुन शाखा र व्यक्तिबाट ढिलासुस्ती, असहयोग भएको सबै विवरण उल्लेख गर्न सकिने छ,'उनले भने,‘यसोगर्दा सेवाग्राहीले भोलि मलाई अफ्ट्यारो पर्छ कि भनेर डराउनु पर्दैन,त्यसका लागि उजुरीकर्ताको नाम उल्लेख नगर्दा हुन्छ ।' 

एसपी थापाले भने,‘उजुरीकै आधारमा बाँकी काममा असहयोग हुन्छ भन्ने कसैले नसोच्नुस त्यसको जिम्मेवारी कार्यालयले लिन्छ,यदि प्रहरीबाट नियतबस ढिलासुस्ती,असहयोग र प्रलोभन पार्ने योजना बनाइएको भए त्यस्ता व्यक्तिलाई विभागीय कारबाही हुन्छ।'

उनले शान्ति सुरक्षासँगै लागुऔषध,आत्महत्या,बालविवाह न्युनिकरण र अनलाइन ठगीजस्ता अपराधलाई निस्तेज पार्न सचेतनामुलक कार्यक्रमलाई समेत अघि बढाउने योजना रहेको बताए । थापाले अपराधका समस्याको पहिचान गरी आगामी दिनमा त्यस्ता प्रकृतिका घटना हुन नदिन स्थानीय तह र अन्य सरोकारवाला निकायसँग सचेतिकरणका कार्यक्रम लैजाने बताए।

एसपी थापाले भने, ‘कानुनी कारबाही नै अन्तिम हैन्। त्यसअघि सुधार गर्न सकिने ठाउँ रहेछन् भने सबै मिलेर सुधार पनि गर्नुपर्छ ।' शान्ति सुरक्षा,प्रहरी सेवा चुस्तदुरुस्त राख्नु नै प्रमुख काम भएपनि यसका अतिरिक्त नागरिकसँग साझेदार कार्यक्रमलाई सँगसँगै लैजाने उनको भनाइ छ।

त्यसैगरी सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले प्रहरी कार्यालयबाट भएका क्रियाकलाप,घटनाविवरणका सूचनालाई व्यवस्थितरुपले समयमा नै प्रवाह गर्न प्रतिवद्ध रहेको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.