भारतीय राजदूत श्रीवास्तव टीकापुरमा

भारतीय राजदूत श्रीवास्तव टीकापुरमा
सुन्नुहोस्

टीकापुर : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत नेपालको समग्र आर्थिक विकासको पक्षमा रहेको बताएका छन्। 

 
भारतीय दूतावासको सहयोगमा सन् २०१४ मा निर्माण सम्पन्न भएको टीकापुर बहुमुखी क्याम्पसको एकाडेमिक र पुस्तकालय भवनको उद्घाटन गर्न आज कैलालीको टीकापुर पुगेका राजदूत श्रीवास्तवले सो कुरा बताएका हुन्। 

‘भारतमा आर्थिक विकासको उभार छ, भारत विश्वको पाँचौं आर्थिक शक्ति राष्ट्रका रूपमा विकसित भइरहेको छ, निकट भविष्यमा तेस्रो ठूलो राष्ट्र बन्ने योजना छ,' राजदूत श्रीवास्तवले भने, ‘त्यसैले भारत आफ्नो छिमेकी नेपालको पनि आर्थिक विकास होस् भन्ने चाहन्छ।’

नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र भौतिक विकास निर्माणका लागि भारतले सहयोग गर्दै आएको उनले बताए। ‘हामी एक असल छिमेकी मात्रै होइन, हाम्रो सांस्कृतिक सम्बन्ध पनि छ,’ उनले भने, ‘त्यसैले हामीले सडक, पुल, विद्यालय, अस्पताल निर्माणमा सहयोग पुर्‍याउँदै आएका छौं। यस्तो सहयोगले नेपालको सडक यातायात र व्यापार व्यवसायमा मद्धत पुगिरहेको छ।’

भारतले सन् २००२ देखि स्वास्थ्य, शिक्षाका क्षेत्रमा वर्षेनि सहयोगका कार्यक्रमहरु गर्दै आइरहेको उनले बताए। भारतीय दूतावासको सहयोगमा सन् २०१० मा सुरु भएर सन् २०१४ मा ३ करोड ५२ लाख रुपैयाँमा क्याम्पस र पुस्तकालय भवन निर्माण भएको थियो। २०७२ मा भएको टीकापुर घटनाका कारण उक्त भवन हालसम्म उद्घाटन हुन सकेको थिएन। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.