आजबाट पुन : ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला

काठमाडौं : राहदानी विभागले आजबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला गरेको छ। राहदानी विभागले सूचना निकालेर अनलाइन फारम भर्ने सेवाग्राहीले ३४ पृष्ठ राहदानी छनोट गरी आवेदन दिन अनुरोध गरेको छ।
३४ पृष्ठको राहदानीको अभावले गत असारदेखि विभागले ६६ पृष्ठको वितरण गर्दै आएको थियो। ३४ पृष्ठको लागि ५ हजार र ६६ पृष्ठको १० हजार रुपैयाँ शुल्क लिने गरेको विभागले ३४ पृष्ठको राहदानी सकिएपछि ५ हजारमै ६६ पृष्ठको राहदानी वितरण गरिरहेको थियो।
प्रतिक्रिया दिनुहोस !
