ट्रिटमेन्ट सेन्टरलाई बजेट

ट्रिटमेन्ट सेन्टरलाई बजेट
सुन्नुहोस्

जोमसोम : मुक्तिक्षेत्रमा जाने धार्मिक पर्यटकको स्वास्थ्यलाई मध्यनजर गर्दै चालू आर्थिक वर्षमा हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टरलाई  ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले ट्रिटमेन्ट सेन्टरमा कार्यरत हेल्थ असिस्टेन्टका लागि भत्ता र अन्य प्रयोजनमा खर्च गर्न बजेट उपलब्ध गराएको हो।

मुस्ताङ अस्पतालले करारका एक स्वास्थ्यकर्मीलाई मुक्तिनाथ हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा खटाएको छ। यसैगरी प्रदेश स्वास्थ्य मन्त्रालयले मुक्तिनाथ हाइअल्टिच्युडका लागि मुस्ताङ अस्पताललाई १० लाख र स्वास्थ्य कार्यालय मुस्ताङलाई ७ लाख रुपैयाँ बजेट विनियोजन भएको मुस्ताङ अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले जानकारी दिए।

हिन्दु तथा बौद्ध धर्मालम्बीको साँझा तीर्थस्थल वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ मन्दिरमा ‘हाइअल्टिच्यूड ट्रिटमेन्ट सेन्टर स्थापना भएको छ। मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकको आकस्मिक उपचारका लागि गत आर्थिक वर्षको पुस महिनाबाट ट्रिटमेन्ट सेन्टर सुरु गरिएको हो।

ट्रिटमेन्ट सेन्टरका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र मुस्ताङ अस्पतालले संयुक्त पहल गरेका हुन्। बेसीबाट अग्लो उचाइमा आउने पर्यटकलाई हाइअल्टिच्युड हुने सम्भावना बढी रहन्छ। समुद्री सतहदेखि ३८ सय मिटरको अग्लो उचाइमा अवस्थित मुक्तिनाथ क्षेत्रमा जाने पर्यटकलाई हाइअल्टिच्युड लाग्ने गरेको पाइएको छ। पहाड, तराई र विशेषगरी भारतीय पटक स्वास्थ्य परीक्षण नगरी एकचोटी मुक्तिनाथ जान लाग्दा हाइअल्टिच्युड लाग्ने गरेको सेन्टरका हेल्थ असिस्टेन्ट तिलप्रसाद बुढामगरले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.