संविधान दिवस : राष्ट्रपति पौडेलले गरे शितल निवासमा रात्रिभोजको आयोजना

संविधान दिवस : राष्ट्रपति पौडेलले गरे शितल निवासमा रात्रिभोजको आयोजना
शीतल निवासमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : रासस
सुन्नुहोस्

राष्ट्रपति पौडेलले जनआन्दोलनका उपलब्धिहरुलाई कमजोर पार्ने काम हुन सक्ने भन्दै सचेत हुनुपर्ने बताए।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा रात्रिभोजको आयोजना गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार राष्ट्रपति भवन शीतल निवासमा रात्रि भोजको आयोजना गरेका हुन्। रात्रिभोजमा कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वसभामुखद्वय अग्निप्रसाद सापकोटा, ओनसरी घर्ती, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, विदेशी राजदूतलगायत राजनीतिक दलका नेताहरु सहभागी भएका थिए।

null

भीआइपी सहभागी उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरका मेयर बालेन शाह भने अनुपस्थित भएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्नेविरुद्ध सचेत हुनुपर्ने बताएका छन्। राष्ट्रपति पौडेलले जनआन्दोलनका उपलब्धिहरुलाई कमजोर पार्ने काम हुन सक्ने भन्दै सचेत हुनुपर्ने बताए। 

उनले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने धारणा राखे। राष्ट्रपति पौडेलले सबैले मिलेर लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेकाले आफैँले बनाएको संविधान मुलुकमा रहेको जिकिर गरे।

उनले सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र उर्जा शक्तिको मात्र उचित व्यवस्थापन गर्न सके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना अगाडि देखापरेको जिकिर गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.