बुढ्यौलीमा अल्जाइमर

बुढ्यौलीमा अल्जाइमर

स्मरण शक्तिमा ह्रास आउनु नै अल्जाइमरको लक्षण हो।  यसलाई मस्तिष्क क्षय भनिन्छ। जसलाई नेपालीमा विस्मृत वा विस्मृति रोग पनि भन्ने गरिन्छ। यो समस्या बढी मात्रामा  ज्येष्ठ नागरिकमा  देखा पर्ने गरेको छ।

सन् १९१० जुलाई १५ मा ‘एलोइस अल्जाइम’ नामक व्यक्तिबाट यस रोगको नाम  अल्जाइमर राखिएको हो। अल्जाइमरको सामान्यभन्दा सामान्य प्रभाव सबै जनामा रहेको हुन्छ। नेपालमा अनुमानित १० प्रतिशत अर्थात् १ लाख ३५ हजार व्यक्ति डिमेन्सियाबाट पीडित छन्। यो संख्या  प्रत्येक २० वर्षमा दोब्बर हुने अनुमान गरिएको छ। नेपाली समाजमा यस रोगलाई बुढेसकालको रोग भन्ने प्रचलन छ।     यस मनोविज्ञानले गर्दा अल्जाइमर रोगबारे अनभिज्ञ छन्।

अल्जाइमर डिजिज इन्टरनेसनलले यस वर्ष २०२३ को नारा कहिल्यै चाँडो पनि हुँदैन, कहिल्यै ढिलो पनि हुँदैन तय गरेको छ ।  अल्जाइमर चेतना दिवसका रूपमा अघि सारेको छ। जुन विश्व अल्जाइमर चेतना दिवस प्रत्येक वर्ष २१ सेप्टेम्बरदेखि एक महिनासम्म मनाउँदै आइरहेको छ। डिमेन्सिया एउटा सिन्ड्रोम हो जसले स्मरण शक्ति, सोच, व्यवहार र दैनिक गतिविधिमा अस्वाभाविकपन ल्याउँदछ। अल्जाइमर रोग डिमेन्सियाको सबैभन्दा सामान्य रूप हो। अन्तर्राष्ट्रिय आँकडाअनुसार ६५ वर्षभन्दा कम उमेर समूहका ४ प्रतिशतलाई यो रोग देखा परेको छ। त्यस्तै ६५ देखि ७५ वर्ष उमेरसमूहका १५ र ७५ देखि ८५ वर्ष उमेरसमूहका ४४ प्रतिशतमा यो रोग देखिन्छ। सरसर्ती हेर्दा अल्जाइमर्स रोग निदान भएकामध्ये ८२ प्रतिशत जति बिरामीहरू ७५ वर्षभन्दा बढी उमेर समूहमा रहेका छन्। अल्जाइमर रोग डिमेन्सियाको सबैभन्दा ६० देखि ७० प्रतिशत केसमा भूमिका निर्वाह गर्दछ तर विश्वमा लगभग ५० करोड मानिस डिमेन्सियाबाट पीडित छन्। जसका कारण प्रत्येक वर्ष १० करोड नयाँ घटनाहरू वृद्धि भइरहेका छन्। डिमेन्सिया भएका व्यक्तिको कुल संख्या २०५० मा १२२ करोड पुग्ने अनुमान गरिएको छ। यो रोग धेरैजसो कम र मध्यम आय भएका देशहरूमा बढ्दो छ। २०१५ मा डिमेन्सियाबारे विश्वव्यापी रूपमा अनुमानित लागत ८ सय १८ अर्ब अमेरिकी डलर अर्थात् ग्लोबल जीडीपीको १ दशमलव ०९ प्रतिशत थियो। विश्वव्यापी लागत अमेरिकन डलर १ ट्रिलियनभन्दा माथि पुग्न सक्छ। यो खर्च उपचार, स्याहारसुसार र रेखदेख आदिमा हुने खर्च मात्र हो।

यस समस्याका लक्षणहरू तीन किसिमका छन् । जसमा  रोगको कम कडा अवस्था प्रारम्भिक चरण हो। व्यक्तिको स्मरण शक्तिमा क्रमिक रूपले कमी आउनु, परिचित व्यक्ति वा नातागोता चिन्न समस्या हुनु, पहिलेदेखि गरिआएको काम गर्न पनि धेरै समय लाग्नु पहिलो चरणको लक्षण हो। कारोबार एवं व्यवसाय गर्न समस्या देखिनु र क्रमिक रूपमा गलत किसिमका निर्णयहरू गर्दै जानु, व्यवहार र व्यक्तित्वमा क्रमिक परिवर्तन हुन थाल्नु नै कम  कडा (माइल्ड  स्टेज)  पहिलो चरणका लक्षण हुन्। अलि कडा (मोडरेट स्टेज) अल्जाइमर छ, छैन भन्ने कुराको परिवारभित्रका सदस्यबीच पहिचान नहुनु पनि समस्या हो। कुनै पनि व्यक्तिको पढाइ, लेखाइ, सामान्य गिन्ती र गणितीय काममा समस्या देखिनु, नयाँ कुरा र काम गर्न समस्या हुनु, दिनहुँ हिँडिरहेको बाटो बिराउनु, एउटै कुरा दोहोर्‍याइरहनु, शंका गर्नु, नभएको कुरा देख्नु, सुन्नु, अधिक डराउनु, अधिक आवेशमा आउनु, सामाजिक रूपमा आपत्तिजनक काम, व्यवहार र भाषा प्रयोग गर्नु दोस्रो चरणका लक्षणहरू हुन् ।

यस रोगको अति  कडा (सिभियर स्टेज)  नै तेस्रो चरण हो। यस चरणमा कुनै पनि व्यक्तिले खाना खाँदै गर्दा पटकपटक सर्केर न्युमोनिया (एस्पिरेसन न्युमोनिया) हुनु, तौल घट्दै जानु, आलस्य र निद्रा बढ्दै जानु, दिसा, पिसाब नियन्त्रण गर्न असमर्थ हुनु, आफ्नो कपडा वा बसेको स्थानमा र ओछ्यानमै दिसापिसाब गर्नु, अस्पष्ट रूपमा आवाज निकाल्नु  र ओछ्याउनमै सीमित भई अल्जाइमरले जटिलता बढ्दै जानु यसका विशेष लक्षणहरू हुन्। 

अहिलेसम्म अल्जाइमर रोगको कुनै यकिन उपचार छैन। त्यसैले चिकित्सकले स्मरण क्षमतामा आएको क्षय तथा मस्तिष्कमा देखा परेका विकृत स्वभावलाई व्यवस्थित गर्ने तौरतरिका सिकाउने मात्र हुन्। यसको अचुक उपचार भनेको सामाजिक जीवनशैली, सिर्जनशील र बौद्धिक गतिविधिले अल्जाइमर रोगको प्रभावलाई निरुत्साहित गर्छ। यस रोगलाई मत्थर वा नियन्त्रण गर्ने उपचार विधि उपर्युक्त उपायबाहेक अरू त्यति प्रभावकारी देखिँदैछ। सँगसँगै मस्तिष्कको कार्यक्षमतालाई जोगाउन र रक्तसञ्चार प्रणालीलाई चुस्तदुरुस्त राख्ने खालका नियमित शारीरिक व्यायामले पनि मस्तिष्कलाई ओरालो लाग्नबाट जोगाउन सकिन्छ। चिल्लो पदार्थ कम भएका सागसब्जी र फलफूलजस्ता खानेकुराको नियमित सेवनले पनि अल्जाइमर रोगको सम्भावनालाई न्यून गर्न सकिन्छ।

अल्जाइमर भएका व्यक्तिको हेरचाहका लागि परिवारका सदस्यले सावधानी अपनाएर उनीहरूको जीवनलाई केही सहज र सरल बनाउन सक्छन्। सकुञ्जेल त्यस्ता बिरामीलाई आफू खुसी छोडिदिनुपर्छ। उनीहरूले गर्ने कामका लागि दैनिक समयतालिका बनाएर दिनुपर्छ। त्यसलाई पालना गर्न सहयोग गर्दै नियमित औषधि समयमै दिनुपर्छ। यसका लागि घर सधैं सफा राख्ने, कठोर नबन्ने बरू लचिलो व्यवहार गर्नुपर्छ। सकिन्छ भने तालिम प्राप्त हेरचाह गर्ने सहयोगी राख्नु उपयुक्त हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.