एम्बुलेन्समा राखेर भारततर्फ लैजाँदै गरेको गाँजा बरामद

एम्बुलेन्समा राखेर भारततर्फ लैजाँदै गरेको गाँजा बरामद
गाँजा बरामद भएको एम्बुलेन्स।
सुन्नुहोस्

विराटनगर : एम्बुलेन्समा राखेर भारततर्फ लैजाँदै गरेको लागूऔषध गाँजा प्रहरीले मंगलबार राति विराटनगरबाट बरामद गरेको छ।

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ लाभाघाटबाट राति १०:३५ बजेतिर गाँजा बरामद भएको हो। इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको एउटा एम्बुलेन्स र भारतीय नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा लिएको थियो। 

शंका लागेपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा सुनसरीको धरान उपमहानगरपालिका–१८ स्थित राजन अधिकारी फाउण्डेशनको को १ च ४६१९ नम्बरको एम्बुलेन्सको डिकीभित्र गाँजा बरामद भएको हो। एम्बुलेन्सबाट २१.५ किलोग्राम गाँजा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार एम्बुलेन्सभित्रबाट ४० हजार नेपाल रूपैयाँ पनि बरामद भएको छ। 

गाँजा बरामद भएपछि एम्बुलेन्ससहित चालक धरान–११ का ३८ वर्षीय गंगा सरकारलाई  नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको डीएसपी दाहालले बताए। उनका अनुसार बीआर ३८ एएफ ०३३६ नम्बरको भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। मोटरसाइकल चालक भने फरार भएको प्रहरीले जनाएको छ। 

प्रहरीले फरार रहेका चालकको खोजी गरिरहेको छ। बरामद भएको गाँजा, नियन्त्रणमा लिइएको एम्बुलेन्स र पक्राउ परेका चालकलाई भने इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। 

त्यस्तै, विराटनगर–१८ लाभाघाटस्थित खेतबाट पनि प्रहरीले बेवारिसे अवस्थाको गाँजा बरामद गरेको छ। परालभित्र लुकाईछिपाई राखेको अवस्थामा १६.५ किलोग्राम गाँजा बुधबार बिहानका राति बरामद भएको प्रहरीले जनाइको छ। 

इलाका प्रहरी कार्यालय रानी र बुधनगर तथा अस्थायी प्रहरी पोस्ट भेडियारीबाट खटिएको संयुक्त टोलीले गाँजा फेला पारेको हो। भारततर्फ लैजानका लागि गाँजा लुकाएर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.