हातहतियार र लागुऔषध मुद्दामा चार जना पक्राउ

हातहतियार र लागुऔषध मुद्दामा चार जना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

उदयपुर : उदयपुरका एक युवा भरुवा बन्दुकसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी सहायक निरीक्षकसहितको टोलीले गस्तीका क्रममा त्रियुगा नगरपालिका ५ कसुमटारका ३१ वर्यीय अमृत तामाङलाई पक्राउ गरेका हो। 

घर नजिकैको जंगलमा एक नाले भरुवा बन्दुक लुकाइ राखेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोलीले खोजतलासका क्रममा बन्दुकसहित तामाङ्गलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए। पक्राउ परेका तामाङ्गलाई मंगलबार जिल्ला अदालतबाट हातहतियार खरखजना मुद्दामा सात दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको उनले बताए।

त्यसैगरी त्रियुगा नगरपालिका ३ मिलनचौकबाट लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध बिक्रीबितरण भइरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलिले शंका लागेर चेकजाँच गर्दा उनीहरु पक्राउ परेका डिएसपी चौधरीले जानकारी दिए। 

पक्राउ पर्नेमा वडा नं ३ ठाँडिका ३२ वर्षीय हरीकुमार निरौला, सोही ठाउँका ४० वर्षीय रोहित चौधरी र २४ वर्षीय नागेश्वर चौधरी रहेका छन्। उनीहरुको साथबाट प्रहरीले एक ग्राम ६८० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर फेला परेको डिएसपी चौधरीले बताए। पक्राउ परेका तीनै जनालाई अदालतबाट सात दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.