एउटै आयोजनामा दोहोरो भुक्तानी

एउटै आयोजनामा दोहोरो भुक्तानी
दोहोरो भुक्तानी भएको उखाले–तल्लु सडकमा स्थलगत अनुगमनका लागि नलगाड नगरपालिका र पूर्वाधार कार्यालयबाट आएका प्राविधिक र जनप्रतिनिधि । तस्बिर : अन्नपुर्णपोष्ट
सुन्नुहोस्

जाजरकोट :जाजरकोटस्थित नलगाड नगरपालिका -११ मा पर्ने एउटा सडक निर्माण गरी एउटै उपभोक्ता समितिले दुई कार्यालयबाट भुक्तानी लिएको पाइएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा राजनीतिक प्रभाव र आर्थिक लेनदेन गरी उखाले–तल्लु सडकमा दुई कार्यालयबाट दोहोरो भुक्तानी दिइएको हो । 

गत असारमा नलगाड नगरपालिका -११ स्थित उखाले तल्लु हितानगाँउ जोड्ने सडक निर्माण कार्यमा नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोट दुईवटा कार्यालयबाट भुक्तानी लिएको भेटिएको हो । सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०७९ (बाह्रौ संशोधन) ले गरेका व्यवस्था प्रतिकूल हुनेगरी एउटै उपभोक्ताहरू रहेको समितिबाट एउटै बाटो निर्माणको भुक्तानी दुई सरकारी निकायबाट लिएको पाइएको छ । 

नेकपा माओवादी केन्द्रका नलगाड नगर इन्चार्ज गणेश सिंहले उपभोक्ता समितिबाट पेटी ठेक्कामा लिएर काम गरी दुवैतिरबाट भुक्तानी लिएको पाइएको हो । कर्णाली प्रदेश सरकारबाट स्थानीय तहमार्फत् उपलब्ध गराएको रकम र पूर्वाधार विकास कार्यालय जाजरकोटबाट समेत सोही सडकमा डुप्लिकेशन गरेर रकम भुक्तानी लिएको खुलेको हो। 

उपभोक्ता समिति र कामदारले रकम नपाएपछि पेटी ठेकेदार र उपभोक्ता समितिको बद्मासी बाहिरिएको हो । नलगाड नगरपालिकाबाट १९ लाख ४० हजार र सोही योजनामा भौतिक पूर्वाधार विकास कार्यालय जाजरकोटबाट १३ लाख ४२ हजार १ सय सात रुपैयाँ भुक्तानी लिएको हो।

नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोटसँग उपभोक्ता समितिको तर्फबाट अध्यक्ष प्रेमबहादुर सिंह,सचिव प्रेमबहादुर मल्ल र कोषाध्यक्ष विष्णु कुमारी मल्लले सम्झौतामा हस्ताक्षर गरेका छन् । यही उपभोक्ता समितिको खातामा दुवै कार्यालयबाट गत असारमै ३२ लाख बढी रकम भुक्तानी भइसकेको छ ।

एउटै सडकमा दोहोरो भुक्तानी भएको सम्बन्धमा के भएको हो सत्य तथ्य पत्ता लगाउन स्थलगत अध्ययनका लागि कार्यालयका इन्जिनियर शंकर कुँवरलाई पठाइएको पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख सोहिन्दर यादवले बताए । 

'हाम्रो कार्यालयको कुनै पनि संलग्नता छैन । हामीले प्रक्रिया अनुसार नै सडक निर्माण गरेर भुक्तानी दिएका हौं । नगरपालिकाले कसरी डुप्लिकेसन गर्यो हामीलाई थाह छैन,'उनले भने,' यदि हाम्रा प्राविधिक संलग्न भएको पाइए कारवाही हुन्छ । '

भुक्तानी दिँदा पनि इन्जिनियर कुँवरले नै विल भरपाइ उठाएका थिए । जसले भुक्तानीमा वील उठाएको हो तिनै इन्जिनियरलाई स्थलगत अध्ययनमा पठाइनुले पूर्वाधार कार्यालयको पनि मिलेमतोको आशंका गरिएको छ।

नलगाड नगरपालिकाका उपप्रमुख तथा योजना अनुगमण समितिकी संयोजक सरिता सिंहले नलगाड नगरपालिकाको आयोजनामा पूर्वाधार कार्यालयले डुप्लिकेशन गरेको दावी गरिन् । प्रदेश सरकारले पठाएको बजेट अनुसार हामीले जेठअघि नै काम सुरु गरेका थियौं । आर्थिक वर्षको अन्त्यपछि कताबाट त्यही समिति र त्यही सडकमा पूर्वाधार कार्यालयले कसरी बजेट दियो र कसरी भुक्तानी दियो उनले भनिन्, ‘दुई ठाउँबाट भुक्तानी लिँदा पनि आयोजनाको गुणस्तरहिन छ । उपभोक्ता समितिले नै विचौलियालाई ठेक्कामा दिएको भन्ने हल्ला छ । हाम्रा नगरपालिकाकै प्राविधिक र कर्मचारीको मिलेमतो भएको भएपनि छानबिन गरी दोषीमाथि कारवाही गर्नुपर्छ ।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.