साथीको हत्या आरोपमा एकजना पक्राउ
राजविराज : लागुऔषध सेवन गराई सप्तरीको कञ्चनरूप–७ बलुवाका राहुलकुमार चौधरीको हत्या गरेको आरोपमा उनकै साथीलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनरुप–६ का पशुपति राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डिराज नेउपानेले बताए ।
कञ्चनरूप–९ स्थित सुन्दरी खोलाको पुलदेखि एक सय मिटर दक्षिण निर्वस्त्र अवस्थामा २५ वर्षीय चौधरी गत भदौ २१ गते मृत फेला परेका थिए । अत्यधिक लागु औषध सेवन गराई हत्या गरेको आरोपमा रामलाई प्रहरीले घटनाको तीन सातापछि पक्राउ गरेको हो ।
प्रहरीका अनुसार राम र चौधरी सँगै सीमावर्ती भारतीय बजार पुगेर लागुऔषध किनेका थिए । सुन्दरीखोला छेउमा अत्यधिक मात्रामा लागु औषध खाएपछि बेहोस भएका चौधरीलाई पुनः लागु औषध जवरजस्ती खुवाई हत्या गरेर मोबाइल, घडी लुटेर लगेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
५