बर्दियामा थारू नृत्य

बर्दियामा थारू नृत्य
सुन्नुहोस्

गुलरिया : पर्यटकीयस्थल बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरबाबा मन्दिर प्रांगणमा ४४औं विश्व पर्यटन दिवस मनाइरहँदा राष्ट्रिय थारू नृत्यांगना छमछमी नाच्दै सहभागीलाई लोभ्याइन्।

लुम्बिनी प्रदेश सरकारको प्रवद्र्धन तथा ठाकुरबाबा नगरपालिकाद्वारा आयोजित सभामा प्रदर्शन गरिएका थारू सांस्कृतिक झाँकीसँगै थुप्रै नृत्यले सहभागीलाई मन्त्रमुग्ध पारे।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थारू नृत्य पर्यटकीय होटलका प्याकेजमा राख्न सुझाव दिएका छन्। उनले युवालाई पर्यटन व्यवसायमा जोड्नुपर्ने बताए। कार्यक्रमका प्रमुख अतिथि चौधरीले गरिब किसान, मुक्तकमैया, महिलालगायत युवा वर्गलाई पर्यटन व्यवसायमा जोड्ने प्रदेशको नीति रहेको प्रस्ट्याउँदै उनीहरूलाई पर्यटन व्यवसायमा जोड्न सकेमात्र बेरोजगारी घट्ने दाबी गरे।

‘यो हाम्रो प्रदेशको नीति पनि हो,’ उनले भने, ‘गत वर्ष बर्दियामा २४ हजार पर्यटकले अवलोकन गरे पनि अब एक लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको रणनीति छ।’

उनले भारतीय राजदूतसँग रूपैडिहा र गड्डाचौकी नाकाबाट पर्यटक भित्र्याउन छलफल भएको बताए। उनले स्थानीय कलाकार तयार भइसकेकोले होटल व्यवसायीलाई स्थानीय सांस्कृतिक नृत्यहरू प्याकेजमा राख्न सुझाए ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.