ग्रामिण भेगका महिलामा पाठेघर खस्ने समस्या अधिक

ग्रामिण भेगका महिलामा पाठेघर खस्ने समस्या अधिक
उदयपुरको त्रियुगा नगरपालिका १५ खाबुमा आयोजना गरिएको स्वास्थ्य शिविर।
सुन्नुहोस्

उदयपुर : ग्रामिण भेगका अधिकांश महिलामा पाठेघर खस्ने समस्या देखिएको छ। नियमित स्वास्थ्य जाँच, पोषणयुक्त खानपीन र स्यहारसुसारमा कमिहुँदा पाठेघर खस्ने समस्या देखिएको हो। 

 त्रियुगा नगरपालिकालगायतका सहयोगमा सञ्चालित शिविरमा स्वास्थ्य परीक्षण गरिएका १८४ जनामध्ये धेरै जना महिला पाठेघर खस्ने समस्या देखिएको शिविरमा खटिएका जिल्ला अस्पताल उदयपुरका प्रसुतिरोग विशेषज्ञ डाक्टर मुकेश झाले बताए। उनका अनुसार २५ वर्षदेखि ६५ वर्ष उमेर समूहका महिलामा यो समस्या देखिएको छ। 

‘महिला स्वास्थ्य सेवा लिन आएका १७१ जनामध्ये धेरैको पाठेघर खस्ने समस्या देखिएको छ,' उनले भने, ‘त्यसमध्ये जटिल प्रकृतिका पाँच जनाको तत्काल अप्रेशन गर्नुपर्ने देखिएको छ।' बाँकी केहीलाई रिङ्ग प्रेशरी राखिएको र सफा गरेर घर पठाइएको डाक्टर झाले बताए। केहीको पाठेघरको मुखमा मासु पलाएकाहरूको अप्रेशनका लागि अस्पतालमा झिकाइएको उनले बताए। 

शिविरमा महिलाको पाठेघर मुखमा हुनसक्ने सम्भावित क्यान्सर भिआइए विधिद्वारा गरिएको परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको डाक्टर झाले बताए। उनीहरूलाई तत्काल थप उपचार र परीक्षणका लागि सिफारिस गरिएको छ। पाठेघरको मुखको क्यान्सरबाट अकालमै धेरै महिलाको मृत्यु हुने भएकाले क्यान्सर लाग्नै लाग्दा थाहा पाउनेगरी प्रयोग गरिने स्पेकुलम औजारबाट गरिने परीक्षण नै भिआइए परीक्षण हो।

डाक्टर झाका अनुसार ३० देखि ६० वर्षसम्मका महिलालाई प्रायः पाठेघरको मुखमा हुने क्यान्सर हुने गरेको पाइएको छ। पाठेघरको क्यान्सर विशेषगरी कलिलो उमेरमा यौन सम्पर्क भएमा, यौन साथी धेरै जना भएमा, रोगबाट लड्ने क्षमता कमि भएमा, धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन गरेमा क्यान्सर हुनसक्ने उनले बताए। 

पाठेघर र मानसिक रोगी बिरामीलाई विशेष लक्षित गरी सञ्चालन गरिएको भए पनि शिविरमा अन्य रोगका बिरामीको पनि स्वास्थ्य परीक्षण गरिएको हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले बताए। जसमा जेष्ठ नागरिकलाई हाडजोर्नी, ग्याष्टिक, दाग, पेट, टाउको, ढाड दुख्ने तथा अन्य उमेर समूह र बालबालिकामा घाउ खटिरालगायत समस्या देखिएको उनले बताए। 

थापाले भने, ‘गाउँघरमा पाठेघर खस्ने समस्या लुकेर छिपिएर, जगडिएर बसेको छ। यसले मृत्युलाई नजिक बोलाइरहेको छ। यसर्थ यस्ता शिविरमा निर्धक्क भन्नुभयो भने ज्यानको सुरक्षा हुन्छ।' 

डा. निर्मला चौधरीले महिलामा तल्लो पेट दुख्ने र जेष्ठनागरिकमा हाडजोर्नी, महिलामा मानसिक रोगको समस्या देखिएको बताइन्। शिविरमा फिजिसियन, इसिजी, युएसजी, आईयुसिडि, इम्पालन्ट, कोलिप, लगायतको सेवा प्रवाह गरिएको अध्यक्ष थापाले बताए।  

वडाध्यक्ष गणेश तिमल्सिनाले विरामी भएपछि मात्र अस्पताल धाउने बानीले मानिसमा समस्या उत्पन्न भएको बताए। उनले अझै पनि धेरै मानिसहरूले रोगहरू लुकाउने र अन्तिम अवस्थामा आएपछि मात्र भन्ने गरेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.