जनप्रतिनिधिलाई छात्राको प्रश्न- निशुल्क सेनेटरी प्याड हामीलाई खोइ?

जनप्रतिनिधिलाई छात्राको प्रश्न- निशुल्क सेनेटरी प्याड हामीलाई खोइ?
सुन्नुहोस्

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क २ चुत्राबेसीमा रहेको सन्धिखर्क ग्रीन इंग्लिस बोर्डिंग स्कुलमा जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रम सम्पन्न भएको छ। 

जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मोतिजंग रायमाझीले वडा कार्यालयबाट हुने सेवा प्रवाह र शिक्षा नीतिका बारेमा  विद्यार्थीलाई जानकारी गराएका थिए। 

विद्यालयको कक्षा ८, ९ र १० मा अध्ययनरत झण्डै एक सय ३० विद्याथीको सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरूले वडाध्यक्षसँग अन्तर्क्रिया गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिलाराम भुसालले बताए।  

विद्यालयमा अध्ययनरत छात्राहरूका लागि सरकारले निशुल्क सेनेटरी प्याड वितरण गर्ने भनिए पनि आफूहरूलाई किन नपाएको भन्दै छात्राहरूले प्रश्न गरेका थिए। उनीहरूले बालिकामाथि भइरहेको यौनलगायत दुर्व्यवहारका विषयमा पनि प्रश्न गरेका थिए।
 
छात्रवृति तथा अन्य कार्यक्रममा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई किन समावेश नगराएको भन्दै जनप्रतिनिधिमाझ प्रश्न गरिएको थियो। विद्यार्थीहरूले गरेका प्रश्नको जवाफ दिँदै वडाध्यक्ष रायमाझीले सेनेटरी प्याड निशुल्क छात्राहरूले पाउनुपर्ने नेपाल सरकारको नीति भए पनि निजी विद्यालयमा नआएकोमा त्यसबारे पहल गर्ने बताए। उनले जबर्जस्ती करणी र महिला हिंसाका घटना न्युनीकरणका लागि पनि विभिन्न कार्यक्रमहरू ल्याउन प्रतिवद्धता जनाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.