प्रहरी र सुधार गृहका कर्मचारीमाथि चक्कु प्रहार, तीन जना घाइते

प्रहरी र सुधार गृहका कर्मचारीमाथि चक्कु प्रहार, तीन जना घाइते

विराटनगर : विराटनगरमा सुधार गृह लैजाने तयारीका क्रममा भएको घटनाले तनावपूर्ण अवस्था सिर्जना गरेको छ । एक युवकले प्रहरी र सुधार गृहका कर्मचारीमाथि चक्कु प्रहार गर्दा तीन जना घाइते भएका छन् । 

आइतबार अपरान्ह ३ः४० बजेतिर विराटनगर महानगरपालिका–१, अनुकरण मार्गस्थित एउटा घरबाट २९ वर्षीय रुबिण कार्कीलाई सुधार गृह पठाउने प्रक्रिया चलिरहेको बेला घटना भएको हो । रामेछाप घर भएका कार्की हाल विराटनगर महानगरपालिका–१ मा मोहन भट्टराईको घरमा कोठा भाडामा बस्दै आएका थिए । परिवारका अनुसार उनलाई साथीभाइ नेपाल सुधार गृह काठमाडौं पठाउने तयारी भइरहेको थियो । 

सोही क्रममा उनले आफूलाई कोठाभित्र थुनेर आत्महत्याको प्रयास गरेको जानकारी आएपछि परिवारले तत्काल प्रहरीलाई खबर गरेको थियो । सूचना पाएपछि घटनास्थल पुगेको सीआरभी भट्टाचोकको प्रहरी टोली र सुधार गृहका कर्मचारीले उनलाई सम्झाइबुझाइ गरेर कोठाबाट बाहिर निकाल्ने प्रयास गरेका थिए । तर, एक्कासी आक्रोशित बनेका कार्कीले ओछ्यानमा लुकाएर राखिएको धारिलो चक्कु निकालेर अचानक आक्रमण गरेका थिए । 

कार्कीले सीआरभी भट्टाचोकका प्रहरी सहायक निरीक्षक (असई) भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे तथा साथीभाइ नेपाल सुधार गृहका कर्मचारी सन्तोष सापकोटालाई चक्कुले प्रहार गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार चक्कु प्रहारबाट तीनै जना घाइते भएका छन् । उनीहरुलाई तत्काल उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ । घाइतेहरूको अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न रुबिण कार्कीलाई नियन्त्रणमा लिइसकिएको डीएसपी मिश्रले बताए । पक्राउ गरिएका उनलाई जिल्ला प्रहरी कार्यालयमा लगेर घटनाको थप अनुसन्धान अघि बढाइएको उनले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लामो समयदेखि लागुऔषधको दुर्व्यसनमा फसेका कारण कार्कीलाई परिवारले काठमाडौंस्थित सुधार गृह पठाउन खोजेको पाइएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.