नेपाल छिर्दै गरेका भारतीय नागरिक ठूलो परिमाणको लागुऔषधसहित पक्राउ

नेपाल छिर्दै गरेका भारतीय नागरिक ठूलो परिमाणको लागुऔषधसहित पक्राउ

विराटनगर : मोरङको रंगेलीमा ठूलो परिमाणको लागुऔषध बोकेर नेपाल प्रवेश गरेका एक जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्लास्थित सिक्टी थाना अन्तर्गत आँपगाछी पञ्चायत–१४ का २५ वर्षीय अभिषेककुमार मण्डल रहेका छन् ।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झाको नेतृत्वमा खटिएको टोलीले आइतबार राति करिब ८ः३० बजे रंगेली नगरपालिका–५ भेडुवाथानबाट उनलाई पक्राउ गरेको हो । प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एएच ८७९८ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो । प्रहरीलाई देखेपछि मण्डल भाग्ने प्रयास गरे पनि उनलाई तत्काल नियन्त्रणमा लिइएको थियो । 

मोटरसाइकलको पछाडि राखिएको बोरा खानतलासी गर्दा ट्रामाडोल हाइड्रोक्लोराइड नामक लागुऔषध ३ हजार ५० पत्ता फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । प्रत्येक पत्तामा १० वटा क्याप्सुल रहेकाले जम्मा ३० हजार ५ सय क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ । 

बरामद गरिएको लागुऔषध र मोटरसाइकलसहित मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मण्डल लामो समयदेखि भारतबाट नेपालतर्फ लागुऔषध आपूर्ति गर्ने गतिविधिमा संलग्न रहेको देखिएको छ । 

यस पटक भने उनी आफैं नेपालभित्र रहेका व्यक्तिहरूलाई लागुऔषध पुर्‍याउन आउँदै गर्दा पक्राउ परेका हुन् । घटनामा संगठित समूहको संलग्नता हुनसक्ने आशंकासहित प्रहरीले लागुऔषध आपूर्ति सञ्जालका बारेमा विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ । अनुसन्धानको निष्कर्षपछि थप तथ्य सार्वजनिक हुने प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.