अब पानी पर्दा र हुरी आउँदा दीपिका माझीको मन आत्तिने छैन

अब पानी पर्दा र हुरी आउँदा दीपिका माझीको मन आत्तिने छैन
दीपिका माझी आमासँग। तस्बिर : दिवाकर भण्डारी
सुन्नुहोस्

सिमरा : फुसको सानो घर। ठूलो पानी र हावाहुरी आउनासाथ मुसहर समुदायकी दीपिका माझीको अनुहार मलिन हुँदै जान्थ्यो। उनको ध्यान चुहिने छानोमा मात्र नभई ठूलो हुरीले घर नै उडाउँछ कि भन्ने हुन्थ्यो। त्यसैले उनी पानी र हुरी आउनासाथ चिन्तित हुन पुग्थिन्।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-६ की दीपिकाले यस्तै चिन्तामा १६ वर्ष बिताइन्। उनले चुहिएकै घरबाट एसईई उत्तीर्ण गरिन्। विपन्न परिवारकी उनले उच्च शिक्षा हासिल गरेपछि एउटा नचुहिने घर बनाउने सपना बुन्दै आएकी थिइन्। तर उनको नचुहिने घरको सपना पूरा हुन धेरै समय लागेन। 

जीतपुरसिमरा-५ स्थित बकुलिया क्याम्पसमा कक्षा ११ मा अध्ययनरत दीपिकाको परिवारले शुक्रबार एउटा परोपकारी संस्थामार्फत् नयाँ घर प्राप्त गर्‍यो। नयाँ घरको चाबी लिन आमा उर्मिलासँगै पुगेकी दीपिकाको अनुहारमा बेग्लै खुसी देखियो। ‘आज एउटा सपना पूरा भयो। हामीलाई घर प्रदान गर्ने संस्थालाई धन्यवाद दिन चाहन्छु। दीपिकाले भनिन्, ‘अब पानी पर्दा र हुरी आउँदा मन आत्तिने छैन। किताब भिज्ला भन्ने चिन्ता गरिरहनु पर्दैन।'

दीपिकाको अनुहारमा देखिएको खुसीले उनकी आमा उर्मिलासमेत उत्साहित देखिथिन्न। प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले घर निर्माण गरिदिने भएपछि उर्मिला पाँच महिनादेखि नयाँ घरको प्रतिक्षामा बस्दै आएकी थिइन्। गोलाप्रथाबाट तीन नम्बरको घर पाएपछि उनी दंग छिन्। 

प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले उर्मिलासँगै जीतपुरसिमरा ६ का मुसहर समुदायका २० परिवारलाई एकैपटक घर हस्तान्तरण गरेको थियो। स्वर्गीय प्रभु शमशेर जबराकी पत्नी राजी राणाले मुसहर समुदायका २० परिवारलाई घरको चाबी, नगद र कागजपत्र हस्तान्तरण गरेकी थिइन्। 
null 
लामो समयदेखि ऐलानी जग्गामा अव्यवस्थित ढंगले बस्दै आएका अति विपन्न मुसहर समुदायका २० परिवारलाई सहयोग गर्न स्वर्गीय जबराकी पत्नी राणाले घर निर्माण गरिदिने चाहना राखेकी थिइन्। घर निर्माणका लागि जग्गा अभाव भएपछि गुठीले आफ्नै नाममा साढे सात कठ्ठा जग्गा खरिद गरेर मुसहर समुदायका लागि नयाँ बस्ती खडा गरेको हो। 

एउटा परिवारका लागि करिब सात धुर जमिनमा तीन कोठे घर, शौचालय र पानीका लागि चापाकलको व्यवस्था गरिएको छ। व्यवस्थित ढंगले निर्माण गरिएको उक्त घर हस्तान्तरण गरेर केही परिवारको अनुहारमा खुसी ल्याउन पाउँदा आफू हर्षित भएको राणाले बताएकी छन्।

गोलाप्रथाबाट आफैंले छानेको नम्बर अनुसारको चाबी लिएर नयाँ घरमा पस्दै गर्दा उनीहरूको आँखा रसाएको देखिन्थ्यो। दैनिक ज्यालादारीमा काम गरेर गुजारा टार्दै आएका मुसहर समुदायका उनीहरू नचुहिने घरको सपना पूरा भएको बताइरहेका थिए। 

null

‘पहिला खरको छानो भएको घरमा पानी चुहिने समस्या थियो। ६ जनाको परिवारलाई निकै असहज भइरहेको थियो,' छोटेलाल माझीले भने, ‘अहिले यति व्यवस्थित घर पाँउदा खुसी नलाग्ने कुरै भएन। म अत्यन्तै खुसी छु।' उनले एउटा बस्ती लामो समयदेखि झेल्दै आएको ठूलो समस्या समाधान भएकोसमेत बताए।

नयाँ घर नियाल्दै गरेकी सुनिता माझी पनि दंग थिइन्। घरमा ६ जनाको परिवारलाई फुसको सानो घरमा बस्न समस्या थियो। पतिले खेतमा दैनिक ज्यालादारी गरेर कमाएको रकमले परिवारको गुजारा टर्दै आएको थियो। नयाँ घर बनाउन सहज थिएन। असहजताको बीचमै नयाँ घर प्राप्त गर्दा सुनिताको परिवारमा खुसी थपिएको छ। 

null
 
छुट्टाछुटै घरमा बस्दै आएका एउटै समुदायका नागरिक अब व्यवस्थित बस्तीमा बस्न पाउने अवस्था निर्माण भएको जीतपुरसिमराका ६ का वडाध्यक्ष कैमुदिन अंसारीले बताए। विपन्न परिवारका लागि घर निर्माण गरिदिएर गुठीले समुदायमै उदाहरणीय काम गरेको अंसारीले बताएका छन्। उनका अनुसार गुठीले घर निर्माण गरिदिने चाहना राखेपछि वडा कार्यालय समेतको सक्रियतामा अति विपन्न परिवार पहिचान गरेको थियो। अति विपन्न परिवार पहिचान भएपछि गुठीले घर निर्माणको प्रक्रिया अघि बढाएर करिब पाँच महिनामै घर हस्तान्तरण गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.