वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, सडक अवरुद्ध

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, सडक अवरुद्ध
सुर्खेत स्थित अबरुद्ध जुम्ला रोडमा प्रदर्शन गर्दै मृतकका आफन्तहरु। तस्बिर : बिस्नप्रसाद न्यौपाने।
सुन्नुहोस्

वीरेन्द्रनगर : सुर्खेत वीरेन्द्रनगरस्थित जुम्लारोडमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ। वीरेन्द्रनगर स्थित यरिचोक–मुलपानी खण्डको गौतम चौक नजिकै मोटरसाइकलले बालकलाई ठक्कर ठक्कर दिएको हो।

दैलेख आठविस नगरपालिकाको वडा नं. ६ खिड्कीज्यूला स्थायी घर भएका ६ वर्षीय टेकदर्शन पुरीको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।  उनी हाल वीरेन्द्रनगर–३ भैरवस्थानमा मामाको घरमा बसेर एलकेजीमा पढ्दै आएका थिए। 

दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको लागि कर्णाली कियर अस्पतालमा पुर्‍याएको र डाक्टरहरुले मृत्यु भइसकेको बताएको मृतकका मामा जीवन गिरीले बताए।  

दुर्घटना लगत्तै मोटरसाइकल चालक फरार भएका छन्। मोटरसाइकल नम्बर नखुलेको तर हुलिया देखिएकाले उनको खोजीका लागि प्रहरी परिचालन गरिएको बताइएको छ। आफन्तले ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै कर्णाली केयर अस्पताल अगाडी र गोकुल कटेज नजिकैको फोरलेन सडक अवरुद्ध गरेका छन्। 

मृतकका मामा गिरीले भने, 'हाम्रो बच्चा मारेर फरार भएको मोटरसाइकल चालक पत्ता नलागेसम्म जुम्ला रोड बन्द हुन्छ। सडकमा मृतकका आफन्तहरु जम्मा भएर प्रदर्शनका साथै टायर बालिरहेका छन्।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.