स्वदेश फर्किँदा प्रधानमन्त्रीलाई विमानस्थलमा स्वागत (तस्बिर)

स्वदेश फर्किँदा प्रधानमन्त्रीलाई विमानस्थलमा स्वागत (तस्बिर)
तस्बिर : प्रदीपराज वन्त/ प्रधानमन्त्री सचिवालय

काठमाडौं : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज स्वदेश फर्किएका छन्। चीन भ्रमणमा रहेका प्रचण्ड छेन्दुबाट एयर चाइनामार्फत  शनिबार बिहान स्वदेश फर्किएका हुन्। null

प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, पर्यटन मन्त्री सुदन किँरातीलगायत उच्च पदस्थ अधिकारी त्रिभुवन विमानस्थलमा पुगेका थिए।null

प्रचण्ड दुई साता विदेश भ्रमणमा रहेका थिए। राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड गत शनिबारबाट चीनको औपचारिक भ्रमणमा रहेका थिए। उनले चीनको हाङजाउमा भइरहेको एसियाली खेलको उद्घाटन समारोहमा समेत भाग लिएका थिए।

प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति, प्रधानमन्त्री लगायतका शीर्ष नेतृत्वसँग छलफलसमेत गरेका थिए। भेटपश्चात द्विपक्षीय सहमति र सम्झौतासमेत भएका छन्।

nullnullnull

nullnull

nullnull


 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.