त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन

भ्रमणले नेपाल-चीन सम्बन्धलाई उचाई दिन र सम्झौता कार्यान्वयन गर्न मद्दत पुग्यो : प्रधानमन्त्री प्रचण्ड

भ्रमणले नेपाल-चीन सम्बन्धलाई उचाई दिन र सम्झौता कार्यान्वयन गर्न मद्दत पुग्यो : प्रधानमन्त्री प्रचण्ड
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकासको प्रयासमा चीनसँगको साथका विषयमा खुलेर कुरा भएको बताएका छन्। शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले द्विपक्षीय भेटवार्ताले नेपाल-चीन सम्बन्धलाई उचाई दिन र विगतका सम्झौता कार्यान्वयन गर्न मद्दत पुगेको जानकारी दिएका हुन्।

उनले भने,‘भ्रमणले दुई देशबीच आपसी विश्वास थप बढेको छ। चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँगको द्विपक्षीय भेटवार्तापश्चात नेपाल-चीनबीचको सम्बन्ध थप उचाई दिन मद्दत पुगेको छ। चीन र नेपालबीच विगतमा भएका समझदारी कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त भएको छ।’

प्रधानमन्त्री प्रचण्डले चिनियाँ समकक्षीबीच भएको वार्ताले नेपालको उत्तरीसीमा प्रशारण लाइन, सौर्य प्रणाली जडान, सीमा नाका पुन : सञ्चालन, कृषि, पोखरा विमानस्थलमा चीनका शहरबाट हवाई सञ्चालन गर्ने लगायतको सम्झौता भएको बताए। उनले विभिन्न १२ वटा सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.