माघ १८ गते संसद अधिवेशन बोलाउन प्रधानमन्त्रीले सभामुखसँग गरे परामर्श

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार उनीहरूबीच छलफल भएको हो।
बालुवाटार स्रोतका अनुसार उनीहरूबीच माघ १८ गते संसद अधिवेशन बोलाउने विषयमा छलफल भएको हो। संसद अधिवेशन नबोलाउँदा विपक्षी दलले सरकारलाई दबाब बढाउँदै लगेको छ। विपक्षी दलले दबाब बढाउन थालेपछि प्रधानमन्त्री ओलीले संसद बैठक बोलाउने विषयमा छलफल गरेका हुन्। उनीहरूबीच संसदको बिजनेसका विषयमा पनि छलफल भएको बताइएको छ।
विपक्षी दलले छिट्टै संसद अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउने प्रक्रिया चाल्ने चेतावनी दिइसकेको छ। गत शुक्रबार विपक्षी दलले संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै गम्भीर आपत्ति जनाउँदै संसद अधिवेशन बोलाउन आग्रह गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
