अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताको उपाधी फ्रिडम फाइटरलाई, आयोजक स्तब्ध

अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताको उपाधी फ्रिडम फाइटरलाई, आयोजक स्तब्ध
सुन्नुहोस्

सिमरा : आयोजक सिमरा भेट्रान क्लबलाई स्तब्ध पार्दै काठमाडौंको फ्रिडम फाइटर भेट्रान क्लबले तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटबल प्रतियोगिताको उपाधी उचालेको छ। सिमरा रंगशालामा शनिवार भएको फाइनल खेलमा आयोजकमाथि ३-१ को जित निकाल्दै फ्रिडम फाइटरले पहिलो सहभागितामै उपाधी उचालेको हो। 

फ्रिडम फाइटरलाई उपाधी दिलाउने क्रममा भिबहादुर श्रेष्ठ, कमल बिष्ट र विकर्ण श्रेष्ठले समान एक-एक गोल गरे। आयोजका लागि भेषराज लिम्बुले एक गोल गरे। 

उपाधी विजेता फ्रिडम फाइटरले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गरेको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक क्लबका गोपीचन्द भट्ट घोषित भएका छन्। विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ताको उपाधी प्रतियोगिता अवधीभर १० गोल गरेका विकर्ण श्रेष्ठ घोषित भए। उनी फाइनल खेलको म्यान अफ दि म्याच समेत चुनिए। 

यसैगरी ५० वर्ष माथिको उत्कृष्ट खेलाडी फ्रिडम फाइटरका उदयबहादुर गुरुङ ‘काका’, उत्कृष्ट गोलरक्षक फ्रिडम फाइटरका मुकुन्द श्रेष्ठ, उत्कृष्ट मिडफिल्ड फ्रिडम फाइटरका राजकुमार घिसिङ, उत्कृष्ट प्रशिक्षक फ्रिडम फाइटरका सुरज श्रेष्ठ, उत्कृष्ट डिफेन्स आयोजक क्लबका विष्णु सुनार घोषित भएका छन्। 

उपाधी विजेता, उपविजेता र विधागततर्फ उत्कृष्ट घोषित खेलाडीलाई मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय कृष्णप्रसाद यादव, पूर्वप्रदेशसभा सदस्य शोभा लामा, नेपाली कांग्रेसका महासमिति सदस्य श्यामबाबु गुप्ता, रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम यादव, कांग्रेस मधेस प्रदेश उपसभापति चन्द्रशेखर यादव, कांग्रेसका क्षेत्रीय सभापति लोकेश सिंह, एलएस न्युरो अस्पताल वीरगन्जका संचालक रामप्रवेश प्रसाद कुर्मी, प्रतियोगिता संयोजक हरी चौधरी, आयोजक क्लबका अध्यक्ष राजकपुर राउतलगायतले पुरस्कार वितरण गरेका थिए। समापन कार्यक्रममा भेट्रान खेलाडी गणेश सुनुवारलाई सम्मान गरिएको थियो। 

स्व. मञ्जुदेवी गुप्ताको स्मृतिमा असोज ७ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारतका गरी ११ टिमको सहभागिता रहेको थियो। क्लबका अध्यक्ष राउतको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सहजीकरण प्रदीप गौतमले गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.