माओवादीका नगरकमिटी अध्यक्षले गरे पार्टी परित्याग

माओवादीका नगरकमिटी अध्यक्षले गरे पार्टी परित्याग
सुन्नुहोस्

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अमरगढी नगरपालिका नगर कमिटी अध्यक्षले पार्टी परित्याग गरका छन् । विगत लामो समयदेखि माओवादी केन्द्र अमरगढी नगरसमितीमा काम गर्दै आएका यादवप्रसाद ओझाले एक विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको जानकारी दिएका  छन्। 

अध्यक्ष ओझाले विगत लामो समयदेखि नेकपा (माओवादी केन्द्र) को सक्रिय सदस्य , अमरगढी नगरकमिटी अध्यक्षको रुपमा काम गरिरहेको जनाउँदै आजकै मितिबाट लागू हुनेगरी पार्टी परित्याग गरेको विज्ञप्तिमार्फत् जनाएका छन् ।

 विज्ञप्तिमा उनले भनेका छन्,'मैले पार्टीको सदस्यको रुपमा पार्टी हितमा आफ्नो भूमिकालाई सक्रियतापूर्वक अगाडि बढाई संगठनलाई जनतासँग एकाकार गराएर लैजाने आफ्नो क्षमताले भ्याएसम्म इमान्दार प्रयास गरेँ। तर, अब उपारान्त पार्टीमा नरहेको कुरा जानकारी गराउँछु।'

विविध व्यक्तिगत कारणबस्  नगरकमिटी अध्यक्ष पदबाट र पार्टी साधारण सदस्य समेत नरहने गरी आजैका मितिबाट पार्टी परित्याग गरेको सार्वजनिक जानकारी यसै विज्ञप्तिमार्फत् गराउन चाहन्छु,'उनले विज्ञप्तिमा भनेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.