भूकम्पका कारण अर्घाखाँचीमा पाँच घर भासियो

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ सितापुरमा भूकम्पका कारण पाँच घर भासिएका छन्।
अविरल वर्षाका कारण गलेको जमिन भूकम्पले हल्लाएपछि घरहरू चर्कनुका साथै भास्सिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्। घर भासिएपछि घरमा रहेका मानिसलाई सुरक्षित स्थानमा सारिएको इलाकाप्रहरी कार्यालय ठाडाका प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्ती मरगले बताए।
प्रतिक्रिया दिनुहोस !
