धर्मयुद्ध चर्काउने अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवास पक्राउ

धर्मयुद्ध चर्काउने अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवास पक्राउ
सुन्नुहोस्

धरान : नेपालमा हिन्दू धर्मको रक्षाका लागि धर्मयुद्ध चर्काउने धम्की दिने श्रीनिवासाचार्य सुनसरीबाट पक्राउ परेका छन्। जनकपुरमा गाई काट्नेलाई हत्या गरी आउनेको परिवारलाई लालनपालन र जेलमासमेत संरक्षण गर्ने अभिव्यक्ति दिएर विवादमा आएका उनलाई सुनसरी प्रहरीले मंगलबार पक्राउ गरेको हो। 

सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टी क्षेत्रबाट धर्मगुरु श्रीनिवासलाई पक्राउ गरी इनरुवा लगिएको स्थानीय बासिन्दाले बताएका छन्। धरानलगायतका स्थानमा गाई काटेर भोज खाएको भिडियो सार्वजनिक भएपछि उनले हिन्दू धर्म र गाईको रक्षाको आवाज उठाउँदै आएका थिए। गाईको रक्षा र गाई काट्नेलाई त्यसैगरी मान्छे काट्न निर्देशन दिएर सामाजिक सद्भाव भड्काउन खोजेको आरोपमा प्रहरीले श्रीनिवासलाई पक्राउ गरेको हो। 

केही विवादास्पद् अभिव्यक्ति दिएका कारण उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नबिनकृष्ण भण्डारीले बताए। उनले श्रीनिवासलाई केही कुरा सोधपुछ गर्नका लागि नियन्त्रणमा लिएको बताए। 

श्रीनिवास बिराटनगरमा आफैंले गोली हान्न लगाएर विवादमा आएका धर्म गुरु हुन्। उनलाई यसअघि प्रहरीले पक्राउ गरी मुद्दा चलाएर जिल्ला अदालत मोरङले धरौटीमा छुटेपछि झन् विवादास्पद क्रियाकलाप गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.