रिगललाई जेलमै राख्नुपर्ने माग गर्दै भारतीले सुरू गरिन् माइतीघरमा अनशन

रिगललाई जेलमै राख्नुपर्ने माग गर्दै भारतीले सुरू गरिन् माइतीघरमा अनशन
सुन्नुहोस्

काठमाडौं : भारती शेर्पा (मानन्धर) ले आफ्ना श्रीमान् चेतन मानन्धरको हत्यारा गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई सरकारले दिएको कैद मिनाहविरुद्ध अनशन सुरू गरेकी छन्।

न्यायका लागि नेपालगञ्जबाट काठमाडौं आएकी भारतीले आजदेखि माइतिघरमा अनशन सुरू गरेकी हुन्। रिगलेले खुकुरी प्रहार गरी २९ असार २०७२ सालमा भारतीका श्रीमान् २९ वर्षीय मानन्धरको हत्या गरेका थिए। त्यसपछि कर्तव्य ज्यान मुद्दामा रिगललाई बाँके जिल्ला अदालतले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। 

संविधान दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाह भएपछि रिगलसहित ६७० कैदी जेलमुक्त भएका थिए।  तरुण दल, बाँके-३ का तत्कालीन क्षेत्रीय सभापति ढकालले संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी पाएका थिए।

भारतीले रिगललाई कैद सजाय दिने राष्ट्रपतिको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट दिएकी छन्। रिटमाथि सुनुवाइका सोमबार र मंगलबार पेशी तोकिएपनि हेर्न नभ्याइने सूचीमा राखिएको थियो।

उनले रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय बदरको माग गर्दै फेरि कारागार पठाउन माग गरेकी छन्। रिट निवेदनमा राष्ट्रपतिको कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय,गृहमन्त्रालय,जिल्ला प्रशासन कार्यालय बाँके,जिल्ला कारागार कार्यालय दाङ,जिल्ला प्रशासन कार्यालय दाङ र महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ काठमाडौंलाई विपक्षी बनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.