एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले दिए उम्मेदवारी

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले दिए उम्मेदवारी
सुन्नुहोस्

पोखरा : नेकपा एमालेको गण्डकी प्रदेश प्रथम अधिवेशनमा सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि दुई प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। सोमबारदेखि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि एमाले गण्डकी प्रदेश अध्यक्षलगायत पदाधिकारीमा दुई प्यानलको उम्मेदवारी परेको हो। 

अध्यक्ष पदमा म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारी दिएको निर्वाचन कमिटीले जनाएको छ। शर्मा एमाले गण्डकीको संगठन कमिटीका अध्यक्ष हुन भने अधिकारी एमाले केन्द्रीय कमिटी सदस्य छन्। दुबै जना एमालेको विद्यार्थीकालदेखि एमालेको राजनीतिमा सक्रिय हुँदै पार्टी राजतीतिमा अएका नेता हुन्।

शर्मा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारी स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूहबाट उम्मेदवार बनेका हुन्। दुबै तर्फका उम्मेदवारले प्यानल र समूहबाट उम्मेदवार नबनेको बताउने गरेका छन्। गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले अधिवेशनको तयरीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनलगायतका कार्यक्रममा पटक-पटक गुट, प्यानलका आधारमा निर्वाचनमा उम्मेदवारी दिए उम्मेदवारी खारेज हुने बताएका थिए। प्यानल र गुटको आधारमा उम्मेदवारी परे पनि प्रदेश इञ्चार्जले विष्टले भने अनुसार खारेजी गर्न नसकेको पार्टी कार्यकता बताउँछन्। 

एमाले गण्डकी अधिवेशनमा अध्यक्ष प्रत्यासी शर्माको प्यानलमा उपाध्यक्षमा स्याङ्जाका मीनबहादुर गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा पर्वतकी मञ्जु अधिकारी र कास्कीका दामबहादुर बिकले उम्मेदवारी दिएका छन्।
 
त्यस्तै अध्यक्षका अर्का प्रत्यासी अधिकारीको प्यानलको उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मी आचार्य, उपसचिवमा म्याग्दीका सन्तोष रावल र कास्कीकी मीना गुरुङलाई उम्मेदवार रहेका छन्। १६५ जनाका लागि ३८२ जनाको उम्मेदवारी परेको छ। अझै पनि सर्वसम्मतका लागि प्रयास भइरहेको गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले बताएका छन्। 

अधिवेशनकालागि प्रदेशमा ११ जिल्ला र जनवर्गीय संगठनबाट ९ सय ७ जना प्रतिनिधि आएका छन्। कास्की जिल्लाबाट सबैभन्दा धेरै १ सय ४६ र मनाङ जिल्लाबाट सबैभन्दा कम १४ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन्। 

उम्मेदवारको नाम सार्वजनिक गरेर निर्वाचन कमिटीले दाबी विरोध, उम्मेदवारी फिर्ता लिने समय सकिएकोले बिहीबार बिहान ८ बजेपछि मतदान हुने निर्वाचन कमिटीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.