न्याय नपाएसम्म घर नफर्किने भारतीको अडान, दोस्रो दिन पनि अनशन सुरू

न्याय नपाएसम्म घर नफर्किने भारतीको अडान, दोस्रो दिन पनि अनशन सुरू
काठमाडौंको माइतीघरमा अनशन बसेकी भारती मानन्धर। तस्बिर : अभिशेक महर्जन

काठमाडौं : भारती शेर्पा (मानन्धर)ले अनशनलाई दोस्रो दिन जारी राखेकी छन्। श्रीमान चेतन मानन्धरलाई न्यायको माग गर्दै बुधबारदेखि  भारतीले काठमाडौंको माइतीघरमा अनशन थालेकी हुन्। श्रीमान‍्का हत्यारा गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिने सरकारको निर्णयविरुद्ध भारतीले अनशन थालेकी हुन्।

संविधान दिवसको अवसर पारेर पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालसहित ६ सय ७० जनालाई आममाफी दिएको हो। 

 भारतीले रिगललाई कैद सयजा मिनाह दिने राष्ट्रपतिको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट समेत दिएकी छन्। 

रिटमाथि सुनुवाइका सोमबार र मंगलबार पेशी तोकिएपनि हेर्न नभ्याइने सूचीमा राखिएको थियो। बुधबार अनशनस्थलबाटै सर्वोच्च पुगकी भारती तारेख बुझेर फर्किने क्रममा अदालत परिसरमै ढलेकी थिइन्। त्यसपछि उनलाई  वीर अस्पताल लगिएको  थियो।  उपचारपछि आज उनले फेरि अनशन थालेकी हुन्।

null

रिगलले खुँडा प्रहार गरी २९ असार २०७२ सालमा भारतीका श्रीमान् २९ वर्षीय चेतन मानन्धरको हत्या गरेका थिए। त्यसपछि कर्तव्य ज्यान मुद्दामा रिगललाई बाँके जिल्ला अदालतले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। भारतीले न्याय नपाएसम्म घर नफर्कने अडान लिएकी छन्। 

ढकालको आममाफीको विषयमा सरकारको चर्को अलोचना भइरहेको छ।  कांग्रेसकै एक समूहले यो विषयमा विमति राखिरहेको छ। हालै भएको केन्द्रीय समितिकै बैठकमा नै कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले यो विषय उठाएका थिए। तर,उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले बचाउ गर्दै कानुन प्रक्रिया पुर्‍याएर नै ढकाललाई आममाफी दिएको बताएका थिए। 

यता प्रतिपक्ष दल एमाले लगायतका विपक्षहरूले भने ढकालको आममाफीको विषयमा सरकारको चर्को अलोचना गरिरहेका छन्। 

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली संसद्मा नै ढकालको आममाफीको चर्को आलोचना गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अपराधीलाई उन्मुक्ति दिएको भन्दै सरकारको आलोचना गरेका छन्। रास्वपा सभापति लामिछानेसहितका नेताहरूले राष्ट्रपति पौडेललाई भेटेर तीन बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.