स्वदेशी ब्रान्डमा आकर्षण

स्वदेशी ब्रान्डमा आकर्षण
सुन्नुहोस्

चितवन : हेर्दा आकर्षक, मूल्य सस्तो अनि गुणस्तरीय जुत्ता। नेपाली ब्रान्डका जुत्तामा ग्राहक आकर्षित छन्। बाह्य कम्पनीसँग प्रतिस्पर्र्धा गरेका नेपाली कम्पनीका उत्पादनले उपभोक्तालाई तानेकोे छ। बजारमा  नेपाली जुत्ताको प्रयोग बढेको छ। गुणस्तरीय र समयअनुसारको फेसनका जुत्ताहरूको बिक्री बढेको छ। 

दसैं, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर आयोजना गरिएको जुत्ता मेलामा युवा पुस्ताको आकर्षण बढी छ। आफ्ना साथीसँगै जुत्ता किन्न पुगेकी भरतपुरकी सबिता ढुंगाना नेपाली उत्पादन किन्न खुसी थिइन्। सस्तोमा गुणस्तरीय जुत्ता किन्न पाएको बताइन्। ‘जुत्ता मेला लागेको थाहा पाएर आएको राम्रो जुत्ता पाएँ,’ उनले भनिन्, ‘आफ्ने देसमा उत्पादित राम्रा जुत्ता, फेरि मूल्य पनि पनि सस्तो भएपछि किनेकी हँु।’

भरतपुरमा चितवन उद्योग संघले आयोजना गरेको जुत्ता मेलामा ग्राहकको घुइँचो छ। असोज ३० गतेसम्म चल्ने जुत्ता, चप्पल प्रदर्शनीमा १३ स्वदेशी ब्रान्डका स्टल छन्।

नेपालमा अहिले साना, ठूला गरी एक हजारभन्दा बढी जुत्ता उद्योग छन्। करिब ३० ब्रान्ड नेपालमा स्थापित भइसकेका छन्। केहीले निर्यात पनि गर्छन्। मेलाको आयोजनाले आयातित जुत्तालाई विस्थापित गर्न सक्ने दाबी आयोजकको छ।

उपभोक्ताले मन पराए पनि सर्वसुलभ बनाउन लागेको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले बताए। ‘बदलिँदो फेसनअनुसार उपभोक्ताको रुचाइअनुसार प्रतिस्पर्धी मूल्यमा उत्पादन गर्न नेपाली कम्पनीको ध्यान केन्द्रित छ।’ उनले भने। 

नेपाली जुत्ता उद्योगले वर्षमा १४ करोड जोर जुत्ता, चप्पल उत्पादन गर्न सक्ने क्षमताका छन्। तर बर्सेनि १० करोड जोर खपत हुने गरेको छ। त्यसको  करिब ६५ प्रतिशत स्वदेशी उत्पादन खपत हुन्छ। ३५ प्रतिशतमात्रै विदेशी जुत्ताले स्थान पाएको छ। नेपाली जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायले नेपाली कम्पनी आत्मनिर्भर बन्नुपर्छ भन्ने उपभोक्तामा सचेतना भएको बताए।

जुत्ता मेला असोज ३० गतेसम्म चल्नेछ। पर्व विशेष मेलामा असोज २१ गतेदेखि लत्ताकपडाको स्टलहरू राख्ने चितवन उद्योग संघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.