प्रभावकारी सेवा प्रवाहका लागि पाँच बुँदे प्रतिबद्धता

प्रभावकारी सेवा प्रवाहका लागि पाँच बुँदे प्रतिबद्धता
सुन्नुहोस्

जाजरकोट : जाजरकोटका सरकारी कार्यालयबाट प्रभावकारी सेवा प्रवाहका लागि पाँच बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ। भेरी नगरपालिकासँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति जाजरकोटको अगुवाइमा गरिएको बृहत् सार्वजनिक सुनुवाइ कार्यक्रम पाँच बुँदे प्रतिवद्धता जारी गरिएको हो। 

जिल्लाका सरकारी कार्यालय, स्थानीय तह लगायत सार्वजनिक संस्थाहरूले प्रवाह गर्ने वस्तु, सेवा र सुविधाको प्रभावकारिताका विषयमा सरोकारवालाहरूलाई दिने, खुल्लामञ्चमा साझा सवालहरूमा बहस, पैरवी गर्ने पद्धतिको विकास गर्न सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको हो।

जाजरकोटमा म्याद सकिएका समान बिक्री वितररण गर्ने वातावरणलाई न्यूनीकरण गर्न नियमित बजार प्रक्रियालाई निरन्तरता दिने र अनुगमनको नतिजा कार्यालयका फेसबुक पेज तथा आमसञ्चार माध्यम मार्फत जानकारी गराउने, यातायात क्षेत्रमा भाडा दरमा एकरूपता नभएको तथा कच्ची सडकमा भाडादर महँगो भएको गुनासोलाई आत्मसाथ गर्दै तत्काल यातायात व्यवसायी र सरोकारवाला बीच बैठक बसी भाडादर समयसापेक्ष बनाउने, जिल्लाका सेवा प्रदायक सबै निकायले नियमित सार्वजनिक सुनुवाइ गर्ने र त्यसको सार्वजनिक स्थानीय सञ्चार माध्यमबाट गर्ने प्रतिबद्धता गरिएको छ।

त्यस्तै, यातायातका साधनको नियमित चेकजाँच प्रक्रियालाई निरन्तरता दिने, सडकहरूको स्तरोन्नति, नियमित विद्युत सहजता, विकास निर्माणमा तेस्रोपाटी अनुगमन तथा प्रभावकारी बनाउने, जिल्लाका मेडिकल, प्राविधिक कलेजहरू, उद्योगहरूको अनुगमन गरि प्रभावकारी नियमन गर्ने,जिल्लाका सामुदायिक वनको वन कार्ययोजना अद्यावधिक गर्ने, स्थानीय सरकार र सम्बन्धित सरोकारवालाहरू बीचको समन्वय सहकार्यलाई बढाउने प्रतिवद्धता गरिएको असल शासन क्लब जिल्ला समन्वय समितिका अध्यक्ष बालकुमार शर्माले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.