हतियार आक्रमण बढ्दो, थपियो सुरक्षा चुनौती

हतियार आक्रमण बढ्दो, थपियो सुरक्षा चुनौती
सुन्नुहोस्

काठमाडौं : सोमबार दिउँसो १२ बजे सिनामंगल सडकखण्डमा साविर हुसेनमाथि धारिलो हतियार प्रहार भयो। बागमती करिडोरको तीलगंगास्थित सडकखण्डमा रहेको एउटा घरमा कलैया नगरपालिका–१२, बारा घर भई हाल कोटेश्वर बस्ने ३८ वर्षीय साविर हुसेनलाई धारिलो हतियार प्रहार गरिएको थियो। हतियार प्रहार भई गम्भीर घाइते हुसेनको केएमसी अस्पतालमा उपचार भइरहेको छ। हतियार प्रहार कसले र किन गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले बताए। घटनास्थलबाट एकवटा कटुवा पेस्तोल, एकवटा गोली र एकवटा चक्कु प्रहरीले बरामद गरेको छ। हतियार प्रहारबाट गम्भीर घाइते भएका हुसेनलाई केएमसी अस्पतालमा उपचार हुन नसकेपछि टिचिङ अस्पताल रिफर गरिएको छ। 

यस्तै गत भदौ २९ गते राति काठमाडौंको तीनकुनेमा एकै परिवारका ३ सहित ४ जनाको हत्या भयो। हत्या आरोपी थिए, सिन्धुपाल्चोक घर भई, भक्तपुर काँडाघारी बस्दै आएका २३ वर्षीय सञ्जय भण्डारी। तीनकुनेको दिव्या समिलमा बस्थे धनकुटाका विशाल राई। केही दिनअघि सञ्जय र विशालको विवाद भएको थियो। यसैको रिसइवी साँध्नका लागि विशाललाई मार्ने नियतले सञ्जय तीनकुने पुगेका थिए। समिल पुगेर विशाललाई खुकुरी हानेका सञ्जयले घटनाबारे समिलमा रहेका अन्यले देखेपछि सबैको हत्या गरेका हुन्। गत भदौ २० गते कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको थियो। उनलाई नुवाकोटका श्याम सापकोटाले भृकुटीमण्डप परिसरमा खुकुरी हानेका थिए। यादवलाई प्रहार गर्न गर्नका लागि श्याम सापकोटाले झोलामा खुकुरी बोकेरै उनी कार्यक्रमस्थल पुगेका थिए। यी त भए एक महिनामा राजधानीमा भएका हतियार आक्रमण। 

नेपाल प्रहरीको तथ्यांकअनुसार उपत्यकाभित्र आव २०७८/०७९ मा १० हजार ७ सय ८७ वटा अपराधका घटना घटे। जसमा सबैभन्दा बढी बंैकिङ कसुरका अपराध घटेका छन्। जसमा ज्यानसम्बन्धी कसुरमा १ हजार २३ वटा अपराधका घटना घटे। कर्तव्यज्यान, ज्यान मार्ने उद्योग तथा भवितव्य ज्यान र फुटकर ज्यान गरी १ हजार २३ वटा घटना घटे। यस्तै आव २०७९/०८९ मा उपत्यकामा १३ हजार १ सय ६० वटा अपराधका घटना घटे। जसमा ११ सय १९ वटा ज्यानसम्बन्धी अपराधका घटना घटे। सामान्य विवादमा पनि मानिसले अर्काको ज्यान नै लिने हिसाबले अपराध गर्ने गरेको देखिन्छ। 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले केही घटनालाई हेरेर समग्र देशको सुरक्षा व्यवस्था बिग्रियो भन्न नमिल्ने बताए। उनी भन्छन्, ‘मानिसमा नकारात्मक सोचको विकास भइरहेको छ। नेगेटिभ सोच र आर्थिक कारोबारको कारण हतियार आक्रमण बढिरहेको हो। अपराध नभएको त कुनै सहर नै छैन। संगठित अपराध बढ्यो भने सुरक्षा चुनौती थपियो भन्ने हुन्छ। तर, व्यक्तिगत अपराधको आधारमा सहरकै सुरक्षा गम्भीर भयो भन्न मिल्दैन।’ सिनामंगलको घटना पनि लेनदेन व्यवहारको कारण भएको भन्ने उनले जानकारी दिए। अन्य ठाउँको तुलनामा काठमाडौंको सुरक्षा व्यवस्था चुस्तदुरुस्त भएको बताउँदै राठौरले मानिसहरूमा उत्पन्न हुने नकारात्मक सोच र भावनालाई प्रहरीले नियन्त्रण गर्न नसक्ने जानकारी दिए। 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता दिनेश मैनालीका अनुसार व्यक्तिगत रूपमा घट्ने घटना रोक्नका लागि नागरिक नै सचेत हुनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘अत्यधिक महŒवाकांक्षाले अपराध बढाउँछ। केही घटनालाई हेरेर सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउन नमिल्ने बताउँदै मैनालीले अपराध त विकसित राष्ट्रमा पनि भइरहेको जानकारी दिए। भन्छन्, ‘अपराध नियन्त्रणका लागि प्रहरी सक्षम छ।’ गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई भने अपराध नियन्त्रणका लागि सरकार सक्षम भएको तर्क गर्छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.