बारामा ग्यारेजबाट ट्रायलका लागि निस्केको मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

बारामा ग्यारेजबाट ट्रायलका लागि निस्केको मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
सुन्नुहोस्

सिमरा : बाराको निजगढमा ग्यारेजबाट ट्रायलका लागि निस्केको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्यारेजका मिस्त्री २० वर्षीय दिनेश चौधरी रहेका छन् ।

निजगढ ८ स्थित श्री बाबा एनकेडी ग्यारेजबाट मर्मत गरेर जाँचका लागि निस्किएको ना६३प ८४४७ नम्बरको मोटरसाइकललाई नारायणगढबाट धरानतर्फ जाँदै गरेको  प्र।१(०२(००१ ख ९७९३ नम्बरको बसले ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक कोल्हबी नगरपालिका ३ जुगवाका चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

बसले ठक्कर दिएपछी चौधरीले चलाएको मोटरसाइकल ना३स ९२३७ नम्बरको इरिक्सामा ठोक्किन पुगेको थियो । मोटरसाइकलले ठक्कर दिएपछी अनियन्त्रित भएको उक्त इरिक्सा प्र २-०३-००१ ह १०६६ नम्बरको अटोसंग ठोक्किएको थियो।

रिक्साको ठक्करबाट अटो चालक निजगढ १२ लालका २४ वर्षीय सुकराम बोम्जन, अटोमा सवार सोही ठाँउका २२ वर्षीय सानतेन लामा र जीतपुरसिमरा १६ का २१ वर्षीय कुलबहादुर थिङ घाइते भएका छन् । घाइतेमध्ये लामालाई निजगढबाट थप उपचारका लागि वीरगन्ज लगिएको प्रहरीले जनाएको छ ।

 प्रहरीले बस चालक सिरहा १२ का अजय ठाकुरलाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.