चितवन निकुञ्जमा जिप सफारी खुला

चितवन निकुञ्जमा जिप सफारी खुला
सुन्नुहोस्

चितवन : चितवन राष्ट्रिय निकुञ्ज भ्रमणका लागि सौराहा क्षेत्रको नाका खुला भएको छ। निकुञ्ज प्रवेश गर्ने पाँच नाकामध्ये एउटा नाका खुलेको हो। 

वर्षात्का कारण गत असार १६ गतेबाट बन्द गरिएको जिप सफारी मंगलबारबाट खुला भएको छ। सौराहाबाट ३२ जिपले सफारीको अनुमति पाएका छन्। निकुञ्जको सफारी रुट पनि सफा गरिएको छ। 

सौराहाबाट पश्चिम चितवनको टाइगर टप्स होटल नजिक रिउ खोलासम्म बाटो तयार भएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताए। ‘अहिले सौराहाबाट प्रवेश गर्ने सफारी खुला भएको छ। बाँकी पनि क्रमिक रूपमा खुलाउने छौ’, तिवारीले भने, ‘भत्किएका सडक मर्मतसँगै सफारी खुलाउँदै जान्छौं।’ चितवन राष्ट्रिय निकुञ्जको सौराहासहित कसरा, मेघौली, अमलटारी, कुजौली र माडीको नाकामा पनि जिप सफारी खुला गर्ने तयारी गरिएको छ। निकुञ्जमा जिप सफारी नहुँदा पर्यटकको आवागमन घट्ने गर्छ।  अक्टोबरबाट पर्यटनको मौसम मानिन्छ। मेघौलीको होटल साराङ स्याङचुरीका सञ्चालक सुबोध प्रधानले जिप सफारी सुरु नहुँदा पर्यटकीय चहलपहल कम हुने बताए। ‘चितवनको पर्यटन भनेकै वन्यजन्तु हो। निकुञ्ज बन्द हुँदा पर्यटन त शून्य जस्तै हुन्छ’, प्रधानले भने, ‘सौराहामा सुरु भयो। तर, मेघौलीमा हुन बाँकी छ। 

जिप सफारी भएपछि मात्रै यहाँ पर्यटक ओइरिन्छन्।’ कसराबाट १६, मेघौलीमा ९, अमलटारीमा ५, कुजौलीमा २ र माडीबाट एउटा जिप सञ्चालन हुन्छन्। 

डुंगा सफारी भने भदौबाट सुरु भएको थियो। राप्ती र नारायणी नदीमा डुंगा सफारी हुन्छ। सौराहा, पटिहानीको घटगाई, जगतपुर, मेघौलीबाट राप्ती नदीमा र अमलटारीबाट नारायणीमा डुंगा सफारी हुन्छ। डुंगा सफारी ठेक्कामार्फत अनुमति दिइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.