क्रेनले किच्दा सहचालकको मृत्यु

क्रेनले किच्दा सहचालकको मृत्यु
सुन्नुहोस्

हेटौंडा : हेटौंडा उपमहानगरपालिका-१० स्थित कर्रा चोक नजिक क्रेन ब्याक गर्ने क्रममा सोही क्रेनका सहचालक सानबाबु पासवानको मृत्यु भएको छ।

मंगलबार दिउँसो पौने २ बजे प्रदेश २-०३००१ क २०२४ नम्बरको क्रेन ब्याक गर्ने क्रममा सोही क्रेनका सहचालक पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–३० का २८ वर्षीय पासवानलाई किचेर गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

क्रेनको चालक प्रहरीको नियन्त्रणमा रहेको र सहचालक पासवानको शव हेटौंडा अस्पतालमा रहेको प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.