पतिले दिए कलेजो, भाउजूले मिर्गौला

एकसाथ दुर्लभ प्रत्यारोपण

पतिले दिए कलेजो, भाउजूले मिर्गौला
सुन्नुहोस्

काठमाडौं : नेपाली चिकित्सा  क्षेत्रमा दुर्लभ मानिने  दुई अंगको एकसाथ मंगलबार सफल प्रत्यारोपण  गरिएको छ। किस्ट शिक्षण अस्पतालमा शरीरका दुई महत्वपूर्ण अंग (कलेजो र मिर्गौला) को  एकसाथ सफल प्रत्यारोपण गरिएकोे छ। यस खालको शल्यक्रिया नेपाली चिकित्सा क्षेत्रमा पहिलो पटक  गरिएको हो।

दुवै अंग कलेजो र मिर्गौलाको एक साथ प्रत्यारोपणका लागि शल्यक्रिया गर्न १८ घण्टा लागेको थियो। अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यका अनुसार, सोमबार बिहान ११ बजेदेखि सुरु गरिएको शल्यक्रिया मंगलबार बिहान ५ बजेसम्म भएको थियो। चितवन भरतपुरकी ३४  वर्षीया सोनाकुमारी थापा भुजेलले दुवै अंग (कलेजो र मिर्गौला) ग्रहण गरेकी हुन्।  उनलाई अहिले पोस्ट अपरेटिभ केयर युनिटमा राखिएको छ। यसखालको जटिल र दुर्लभ स्वास्थ्य समस्याप्रति १० लाख जनसंख्यामा एकजनामा हुन सक्ने र यसको उपचार समेत केही सीमित अस्पतालमा मात्र हुने जनाइएको छ। 

 पति र भाउजूले दिए अंग

उनलाई ३५ वर्षीय श्रीमान् नीरचन्द्र भुजेलले कलेजो दान गरेका छन्। त्यस्तै ३२ वर्षीया भाउजू मञ्जुकुमारी क्षेत्रीले मिर्गौला दान गरेको अस्पतालले जनाएको छ। अंगदाता र ग्रहणकर्ताको तीनैजनाको एकसाथ शल्यक्रिया गरिएको हो। 

अंग ग्रहणकर्ता महिलाको दुवै मिर्गौला बिग्रेको थियो। उनलाई एकप्रकारको जन्मजात रोगका कारण मिर्गौला र कलेजोमा समस्या देखिएको अस्पतालले जनाएको छ। जसका कारण मिर्गौला बिग्रे पछि उनले डायलासिस सेवा लिइरहेकी थिइन्।  डा. बज्राचार्यले भने, ‘कलेजोले एक खालको विशाक्त रसायन उत्पादन गरेका कारण दुवै मिर्गौला बिग्रिएको थियो। कलेजो पनि बिग्रिएका कारण दुवै अंग एकसाथ प्रत्यारोपण गर्नु परेको हो।’शल्यक्रियामा किस्ट अस्पतालका वरिष्ठ शल्यचिकित्सक डा. मुकुन्दराज जोशीको नेतृत्वमा शल्यक्रिया भएको हो। कलेजो ट्रान्सप्लान्ट सर्जन डा. एकानन्द सिंह, कलेजो ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट डा. बरुण श्रेष्ठ, मिर्गौला ट्रान्सप्लान्ट सर्जन डा. नारायण भुषाल, मिर्गौला ट्रान्सप्लान्ट नेफ्रोलोजिस्टद्वय डा. सन्दीप क्षेत्री र डा. कश्यप दाहाललगायतको वरिष्ठ चिकित्सकहरूको  सहभागिता रहेको थियो। किस्ट अस्पतालले यसअघि १ सय १५ जनाभन्दा बढी व्यक्तिमा अंग प्रत्यारोपण गरिसकेको छ। 

शल्यक्रियामा भारतको इन्द्रअपोलो अस्पतालका प्रत्यारोपण सर्जनद्वय  डा. निरज गोयल, डा. अरुणकुमार भेनुथुरिमिल्ल र एनेस्थेसियोलोजिस्ट डा. सञ्जीव अनेजाको सहभागिता रहेको अस्पतालले जनाएको छ। उनी तीन वर्ष अघिदेखि मिर्गौला बिग्रेर डायलाईसिस गर्दै आएकी थिइन्। बिस्तारै कलेजो समेत बिग्रिएपछि तनावमा रहेकी सोनालाई अंगदान दिएर श्रीमान् र भाउजूले अल्पायुमै ज्यान जानबाट जोगाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.